समाचार

SEE प्रश्नपत्र केन्द्रले छाप्ने

Gobal IME Bank

७ पुस, काठमाडौँ  प्रवेशिका परीक्षा (एसईई)को प्रश्नपत्र यस पटक पनि केन्द्रबाट नै छापेर प्रदेशमा पठाइने निर्णय भएको छ । नेपालको संविधानले माध्यमिक तहको शिक्षाको अधिकार प्रदेश तहलाई दिइसकेको छ ।प्रदेश सरकारले परीक्षा व्यवस्थापन गर्ने र एसईई परीक्षाको उत्तरपुस्तिका छाप्दै आएको छ भने कक्षा ८ को परीक्षा पूर्ण रूपमा स्थानीय तहले सञ्चालन गर्ने गरेका छन् ।

प्रदेश ५ लाई एसईई परीक्षाको उत्तरपुस्तिका छाप्नको लागि तीन करोड १२ लाख रुपियाँ उपलब्ध गराइएको छ । कक्षा १२ सम्मको शिक्षालाई माध्यमिक तहको बनाइएपछि विद्यालय तह सुधार कार्यक्रम (एसएसआरपी)को दस्तावेजमा कक्षा १० को परीक्षा साबिकको क्षेत्रीय तहमा गर्ने उल्लेख गरिएको थियो । प्रदेश ३ का शिक्षा निर्देशक चन्द्र लुइँटेलले एसईई परीक्षा व्यवस्थापन गर्न जिम्मा दिइएमा आफूहरू सो जिम्मा लिन तयार रहेको बताउनुभयो । नीतिगत रूपमा व्यवस्था भइसकेकाले एसईई परीक्षा प्रदेशले नै व्यवस्थापन गर्नुपर्छ । ” सो प्रदेशमा उत्तरपुस्तिका छाप्नका लागि पाँच करोड ३९ लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

प्रदेशका शिक्षा अधिकारीहरूले एसईई परीक्षाको प्रश्नपत्र छाप्ने अधिकार हस्तान्तरण भएपछि सुरक्षण मुद्रणालयको विकास आफूहरूले गर्ने बताउनुभयो । हाल केन्द्रले जनक शिक्षा सामग्री केन्द्रमा तीनवटै सुरक्षा निकायलाई प्रयोग गरेर प्रश्नपत्र छाप्दै आएको छ । परीक्षा नियन्त्रण कार्यालयले ६१ विषयका प्रश्नपत्र छाप्ने गरेको छ भने अनिवार्य विषयका प्रश्नपत्र फरकफरक प्रदेशका लागि फरकफरक बनाउने गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button