नासाले अन्तरिक्षमा फेला पार्यो सम्पूर्ण जीवको आधार मानिने अणु
Nasa Discover!
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको जेम्स वेब स्पेस टेलिस्कोपले पहिलो पटक अन्तरिक्षमा कार्बन तत्त्व पत्ता लगाएको छ । मिथाइल क्याटायनको रूपमा परिचित यो अणु पृथ्वीभन्दा १३५० प्रकाश वर्ष टाढा ओरियन नेबुलामा फेला परेको हो ।
अन्तरिक्षमा कार्बन कम्पाउन्ड फेला पर्नु वैज्ञानिकका लागि उत्साहजनक र रोमान्चक विषय हो । कार्बन कम्पाउन्डले पृथ्वीमा पाइने सबै प्राणीका लागि आधारको काम गरेको हुन्छ ।
मिथाइल क्याटायनले अन्य धेरै अणुहरूसँग सजिलै प्रतिक्रिया गर्छ । त्यसैले वैज्ञानिकले यसलाई विशेष महत्त्व दिएका छन् । पृथ्वीमा जीवन कसरी सुरु भयो र विकसित भयो भन्ने कुरा पत्ता लगाउन सकियो भने खोजकर्तालाई ब्रह्माण्डका अन्यत्र स्थानमा जीवन सम्भव छ कि छैन भनेर पत्ता लगाउन मद्दत मिल्छ ।
जेम्स टेलिस्कोपमा भएको संवेदनशील क्षमताले मानव आँखाले देख्न नसकिने इन्फ्रारेड प्रकाशलाई अवलोकन गरेको हुन्छ । यसले पछिल्लो समय अन्तरिक्षमा भएको जैविक रसायनको बारेमा पनि थप खुलासा गरेको छ ।
सोमबार जर्नल नेचरमा उक्त आविष्कारको बारेमा विस्तृत अध्ययनको जानकारी प्रकाशित गरिएको थियो । बाल्टिमोरमा रहेको ‘द स्पेस टलिस्कोप साइन्स इन्स्टिच्युट’ टेलिस्कोपका लागि मिसन सञ्चालन केन्द्र हो । यो सन् २०२१ मा फ्रेन्ड गुयानाबाट प्रक्षेपण गरिएको थियो ।