समाचार

काठमाडौंबाट उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै फर्किनुको कारण

Gobal IME Bank

८ असोज, काठमाडौं ।काठमाडौं । काठमाडौंबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज बीचबाटै काठमाडौँ फर्किएको छ ।

गए राति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको नेपाल एयरलाइन्सको आर ए ४१२ जहाज आज बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौँ अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ ।  विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार काठमाडौँ–दमाम उडानको उक्त जहाजको ‘टिकास उपकरण’मा समस्या देखिएकाले पुनः काठमाडौं फर्काइएको हो ।

पाकिस्तानको आकाशमा पुगेपछि प्राविधिक समस्या देखिएपछि विमान चालकले जहाज काठमाडौँ फर्काएका थिए ।

टिकास के हो ?

जहाजहरुको ककपिटमा ‘ट्राफिक कोलिजन एभोइडेन्स सिस्टम– टीसीएएस’ (टिकास) हुन्छ । टिकासबाट पाइलटले आकाशमा उडिरहेका अरु जहाजहरु कति दुरीमा छन् र कति उचाइमा छन् भन्ने कुरा थाहा पाउँछ । यदि टिकासमा समस्या आए अरु जहाजहरुको पोजिसन थाहा हुँदैन ।

अर्को कुरा काठमाडौंबाट दमाम उड्ने जहाजहरु ३५/३६ हजार फिट उचाइमा उड्छन् । यदि टिकासमा समस्या आयो भने २९ हजार फिट भन्दा तलको उचाइमा उड्नुपर्छ । त्यसलाई रिड्युस्ड भर्टिकल सेपरेसन मिनिमा (आरभीएसएम) भनिन्छ । आरभीएसएममा छिर्न मिल्दैन । आरभीएसएम भनेको २९ हजारदेखि ४१ हजार फिटसम्म रहन्छ । लो लेभलमा उड्दा जहाजको इन्धन बढी खर्च हुने गर्दछ ।

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button