मनोरञ्जनसमाचार

‘कार्साङ’मा दयाहाङको जोडीको रुपमा देखिदै सुरक्षा पन्त

Surakshya Panta

Gobal IME Bank

काठमाडौँ। दयाहाङ राईको आगामी चलचित्रमा ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त जोडिएकी छन् । फिल्ममा दयाहाङसँग सुरक्षाले अनस्क्रिन रोमान्स गर्ने भएकी छन्।

चलचित्रमा यसअघि दयाहाङसहित बुद्धि तामाङ र डान्सिङ स्टार्स नेपाल फेम डान्सर छिरिङ शेर्पा अनुबन्धित भएका थिए। चलचित्रको अर्को प्रमुख नायिकाका लागि अन्य दुई अभिनेत्रीसँग छलफल भईरहेको जनाइएको छ । अरु बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने छ ।

शेर्पा समुदायको कथावस्तुमा निर्माण हुन लागेको चलचित्रमा कलाकारको लाइनअप बलियो देखिएको छ । यम शेर्पाले निर्देशकको रुपमा डेब्यु गर्न लागथेको चलचित्रमा उनी स्वयंको कथा, पटकथा तथा संवाद छ । शेर्पाले यसअघि छोटा फिल्मको निर्देशन गरेका छन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा उनी निर्माताका रुपमा पनि जोडिएका छन् । तिहारलगतै छायांकन गरिने यो चलचित्रलाई सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका विभिन्न स्थानमा छायांकन गरिने छ । फिल्म ‘कार्साङ’को ओभरसिज राइट्स पनि बिक्री भएको जानकारी दिइएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button