मुख्य समाचारसमाचार

आज प्रतिनिधि सभाको बैठक बस्दै, सत्य निरुपण विधेयक कार्यसूचीमा

Gobal IME Bank

काठमाडौं । आज संघीय संसदको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सो प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्ने उल्लेख छ ।

यसैबीच आजै दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक पनि बस्दै छ । बैठकमा डा। वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ पेस गर्ने कार्यसूचि छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button