शिक्षा स्वास्थसमाचार

पाठेघरको क्यान्सका लक्षणहरु

Cancer!

Gobal IME Bank

पाठेघरको क्यान्सर महिलाहरुको प्रजनन प्रणालीलाई असर गर्ने क्यान्सर हो । महिलाको शरीरमा एउटा स्ट्रोजन नामक हर्मोन हुन्छ । यो हर्मोनको  उत्पादन धेरै हुँदा पाठेघरको भित्री लेयर बाक्लो बन्दै जान्छ । हर्मोनले वा अन्य कारणले भएपनि पाठेघरको भित्री लेयरको अत्याधिक वृद्धिले पाठेघरमा मासु पलाउनुलाई नै पाठेघर क्यान्सर भनिन्छ । पाठेघरको क्यान्सरलाई इन्ड्रोमेट्रियम पनि भनिन्छ ।

सामान्य भन्दा धेरै तौल भएका महिला, उच्च रक्तचाप, डाइबटिज भएका महिलाहरुमा पाठेघरको क्यान्सर हुने सम्भावना धेरै हुन्छ । पाठेघर महिलाहरुको लागि महत्वपूर्ण अंग हो । उमेर बढ्दै जाँदा विशेषगरी ५० वर्ष कटेको महिलाहरुलाई पाठेघरको क्यान्सर हुने जोखिम बढी हुन्छ । पाठेघरको क्यान्सर सुरुवाती अवस्थामा थाहा पाइयो भने यसको रोकथाम गर्न सकिन्छ । अरु भागलाई यसले असर गर्दैन् । यसको उपचार गर्न धेरै ढिला गर्दा पाठेघर पूरै सर्जरी गरेर फाल्नुपर्ने हुन्छ ।

पाठेघर क्यान्सरको कारणहरु कारणहरु धेरै छन् जसमध्ये केही प्रमुख कारणहरु स्ट्रोजन हर्मोनको अत्याधिक वृद्धि, उच्च रक्तचापका बिरामी डाइबटिजका बिरामी धेरै मोटोपन भएका महिलाहरु, वंशाणुगत अरु औषधीहरुको साइड इफेक्ट आदि हुन् ।

पाठेघरको क्यान्सका लक्षणहरु :
१) महिनावारी रोकिएको महिलाहरुमा पुनः रगत जाने ।
२) चालिस कटेको महिलाहरुमा अनियमित रुपमा महिनावारी हुने ।
३) महिनावारीको समयमा धेरै रगत जाने ।
४) तल्लो पेट दुख्ने आदि ।

पाठेघर क्यान्सरको उपचार सबैभन्दा पहिला क्यान्सर भएको हो कि होइन थाहा पाउनका लागि डाइग्नोसिस गरिन्छ । बायोप्सीबाट क्यान्सर पत्ता लगाइन्छ । सिटी स्क्यान र एमआरआई गरेर क्यान्सर फैलिएको छ कि छैन हेरिन्छ । त्यसपछि क्यान्सरको सर्जरी गरेर पाठेघर र पाठेघरबाट फैलिने सानो सानो बाटो हुन्छ, त्यसलाई पनि निकालिन्छ । बायोप्सी रिपोर्ट हेरेर क्यान्सर फैलिएको छमा भने किमो दिइन्छ। पाठेघरको क्यान्सरको चार वटा चरणहरु हुन्छन् । चरणअनुसार क्यान्सर शरीरको विभिन्न भागमा फैलिन्छ ।

 पहिलो चरणः पहिलो चरणको क्यान्सर पाठेघरमा मात्र सिमित हुन्छ ।
   दोस्रो चरणः यो चरणमा पाठेघरको वरीपरि डिम्बासय, योनीमा फैलिसकेको हुन्छ ।
    तेस्रो चरणः पाठेघरको क्यान्सर फैलिने बाटोमा गइसकेको छ भने यसलाई तेस्रो चरण भनिन्छ ।
   चौथो चरणः यो चरणमा क्यान्सर शरीरको विभिन्न भागमा फैलिसकेको हुन्छ । जस्तैः कलेजो, दिशाको बाटो वा पिसाब थैलीमा गएको                        हुन्छ । यो चरणको क्यान्सरले योनी ब्लक भएर पिसाब नआउने पनि हुन सक्छ । -Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button