अन्यमुख्य समाचारसमाचार

सिरानीमुनी के छ ? वास्तुशास्त्र भन्छ, यी कुरा राखेर सुत्दा फलिफाप

Gobal IME Bank

एजेन्सी । सुत्दा तपाई सिरानीमुनी के राखेर सुत्नु हुन्छ भन्ने प्रश्न धेरैले गर्छन् । धेरैले भन्छन् २, ४ पैसा । अनि महिलाले जवाफ दिन्छन्, कपाल बाध्ने रबर । कतिपयले भन्छन्, ‘सजिलो हुने हुँदा मोबाईल राख्ने गर्छौँ । तर वास्तुशास्त्रका अनुसार तपाईले आफ्नो सिरानीमुनी यी कुरा राखेर सुत्दा तपाईको विपत्ति दुर हुन्छ र जीवनमा नयाँ नयाँ अवसर प्राप्त हुन्छ ।

राति सुत्ने समयमा सिरानी मुनि गीता राख्नु राम्रो हुन्छ ।

राति सुत्ने समयमा सिरानी मुनि मुला राखेर सुती भोलीपल्ट बिहान उठेपछि उक्त मुला शिवलिंगलाई चढाउँनाले राहुको दोष निवारण हुन्छ ।

कतिपयले हनुमान चालिसाको पुस्तक पनि राख्ने गर्छन् ।

फलामजन्य उपकरण तपाईको सिरानीमा राख्नुे गर्नुहोस् ।

सिरानीमुनी फूल राख्दा पनि राम्रो हुन्छ ।

दक्षिण दिशामा शिर अनि उत्तर दिशामा गोडा पारेर सुत्नु सर्वोत्तम मानिन्छ । यदि यसरी सुत्नुभयो भने धेरै रोगहरु लाग्न पाउँदैनन् । हामीले दक्षिणतिर शिर पारेर सुत्दा ऊर्जा हाम्रो शिरबाट पसेर गोडाको बाटो हुँदै निस्कन्छ ।

पति–पत्नीबीचको सम्बन्धमा खटपट छ भने मंगलबारको राति मुङको दाललाई कुनै हरियो रंगको कपडामा बाधेर सिरानीमुनि राखेर सुत्नुहोस् र बिहान उठेर उक्त कपडा कुनै कन्यालाई दान गर्नुहोस् वा दुर्गा मन्दिरमा चढाउनुहोस् ।

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button