मुख्य समाचारसमाचार

प्रधानमन्त्री कप महिला क्रिकेट आजबाट

Gobal IME Bank
file photo

इटहरी । इटहरीमा हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता आजबाट शुरु हुँदैछ ।

नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा लिगकम नकआउटमा शुक्रवारबाट शुरु हुने प्रतियोगितामा आज पहिलो दिन प्रदेश १ र मधेस प्रदेशबीच प्रतिष्पर्धा हुनेछ । आजै हुने दोस्रो खेलमा वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ । प्रतियोगित माघ ७ सम्म चल्नेछ ।

प्रतियोगितामा ७ प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लव गरी ८ टिम सहभागी छन् । सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपीएफ क्लव, सुदूरपश्चिम, वागमती र गण्डकी प्रदेश छन् । प्रदेश १, कर्णाली, लुम्बिनी र मधेस प्रदेश समूह ‘बी’ मा रहेका छन् ।

विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई ३० हजार, उत्कृष्ट ब्याटर र बलरलाई समान २० हजार रुपैयाँ प्रदान गरिनेछ । प्लेयर अफ द म्याचले नगद ३ हजार पाउनेछन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button