समाचार

प्रधानमन्त्री मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना, को हुन् मिर्गौला दिने दाता ?

Gobal IME Bank

काठमाडौं । दोश्रो पटक मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो पटकको मिर्गौला प्रत्यारोपण डा. प्रेमराज ज्ञवाली नेृतृत्वको टोलीले गर्ने भएको छ ।  त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट वरिष्ठ सर्जन डा. प्रेमराज ज्ञवालीको टोलीले प्रत्यारोपण गर्ने भएको हो । अस्पतालका अनुसार युरोलोजी डिपार्टमेन्टका अन्य चार सर्जन पनि टोलीमा सहभागी हुनेछन् । मिर्गौला त्रिवि शिक्षण अस्पतालकै प्रत्यारोपणमा युरोलोजी र नेफ्रोलोजी विभागको टिमको संलग्नता रहने गरी तयारी गरिएको छ । चिकित्सकको टोलीमा नेफ्रोलोजी विभाग प्रमुखमा डा. दिव्यासिंह शाह, डा. महेश सिग्देल, डा.मुकुन्द काफ्ले लगायत छन् ।

यस्तै, युरोलोजीमा प्रा.डा.उत्तम शर्मा, डा. ज्ञवाली, डा.भोजराज लुइँटेल, डा.पवन चालिसे पनि रहेको अस्पतालले जनाएको छ । पहिलोपटक बुहारी नाताकी अञ्जना घिमिरेको मिर्गौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्रीलाई यसपटक घिमिरेकी भान्जी अर्थात् झापाकी ३२ वर्षीया समीक्षा संग्रौलाले मिर्गौला दिनेछिन् । प्रधानमन्त्री ओलीले १३ वर्षअघि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराउनुभएको थियो ।  नेपालको कानून अनुसार आफ्नो नजिकको नातेदारबाट सहमतिमा अंगदान लिन सकिन्छ ।

कसले दिँदैछ प्रधानमन्त्रीलाई मिर्गौला ?

प्रधानमन्त्री ओलीलाई नातामा भाञ्जी पर्ने ३२ वर्षीय समीक्षा संग्रौलाले मिर्गौला दिन लागेकी हुन् । ओलीलाई मिर्गौला दाता समीक्षाको समेत स्वास्थ्य परीक्षण भइसकेको छ ।  यसअघि ओलीलाई मिर्गौला दिन नेपालमा रहेकी भाञ्जी समीक्षा र अमेरिकामा रहेका भाञ्जा तयार भएको बताइएको थियो । ओली अमेरिका गएको खण्डमा भाञ्जाको मिर्गौला दिने तयारी भएपनि उनले नेपालमै प्रत्यारोप गर्ने भनेपछि नेपालमै रहेकी भान्जी समीक्षको मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो ।

३२ वर्षीया समीक्षा झापा चारआलीकी बासिन्दा हुन् । उनी प्रधानमन्त्री ओलीलाई पहिला मिर्गौला दिने अन्जान घिमिरेकी भान्जी समेत हुन् । त्रिवि शिक्षण अस्पतालले आइतबार नै ओलीलाई मिर्गाैला दिने महिलाको फाइल रेकर्ड बुक दर्ता गरेको छ । रेकर्डमा ‘श्रीमती समीक्षा संग्रौला ज्ञवाली (भान्जी), श्री केपी शर्मा ओली (मामा)’ भनिएको छ । यसैबीच समीक्षा सोमबार अपरान्ह अस्पताल पुगिसकेकी छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button