अन्यसमाचार

प्रधानमन्त्री केपी शर्मा ओली छिट्टै निवास फर्कने -GoodNews24

Gobal IME Bank

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । उहाँको मिर्गाैलाको प्रत्यारोपण गरिएको आज सातौँ दिन त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख र सन्तोषजनक रहेको बताउँदै उहाँलाई केही दिनपछि निवास फर्काइने जानकारी दिनुभयो ।

अस्पतालमा मिर्गाैला प्रत्यारोपणमा संलग्न प्रमुख चिकित्सक टोलीसहितको पत्रकार सम्मेलनमा प्रा डा खड्गाले चिकित्सीय हिसाबले उहाँ आजै घर फर्कन सक्ने भए पनि परिवारको आग्रहअनुसार केही दिन अस्पतालमै राखिने बताउनुभयो । अङ्गदाता समीक्षा सङ्ग्रौलाको स्वास्थस्थिति राम्रो भएको र उहाँलाई पनि प्रधानमन्त्रीसँगै घर फिर्ता गराइने जनाइएको छ ।

त्रिवि चिकित्साशास्त्र सङ्कायका डीन प्रा डा जगदीश अग्रवालले मुलुकका प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण मुलुककै अस्पतालमा हुनु गौरवको विषय भएको बताउँदै यसबाट चिकित्सकहरुको आत्मविश्वास बढेको छ भन्नुभयो । उहाँले प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपणपछि अस्पतालमा अङ्ग प्रत्यारोपण गर्नेको सङ्ख्या बढ्न सक्ने हुनाले सरकारले यसको पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″]

[irp posts=”3605″]

[irp posts=”3549″]

[irp posts=”3554″]

[irp posts=”3544″]

[irp posts=”3554″]

[irp posts=”2573″]

[irp posts=”2770″]

[irp posts=”2896″]

[irp posts=”3174″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button