Grace Computer Jawalakhel
गुड न्यूज 24शिक्षा स्वास्थसूचना प्रविधि

नेपालमा युवा रोजगारीका सम्भावित क्षेत्रहरु – Good News 24

धेरै युवाहरु आफ्नै देशमा के गर्ने र के गर्न सकिन्छ भन्ने सम्भावनाहरु नै देख्दैनन । युवाहरु जसले आफ्नो भबिश्यलाई प्राथमिकतामा राखेर आफ्नो पढाई गर्छन् र सम्भावनाहरु खोज्छन तर सम्भावना आफ्नै देशमा कम र बिदेशमा ज्यादा देख्दछन युवा विकासका अग्रदूत, परिवर्तनको संवाहक, देश निर्माणको प्रमुख स्रोत तथा राष्ट्रको धरोहर एवं अमूल्य सम्पत्ति हो । युवा आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनको कारक पनि हो । युवाको परिचालन, सहभागिता र नेतृत्व विकास विना कुनै पनि देशले विकासको कल्पना गर्न सकिदैन। प्रत्येक व्यक्तिलाई आफ्नो जीविका धान्न रोजगारको आवश्यक पर्दछ। रोजगार भनेको व्यक्तिले अपनाएको पेशालाई दर्साउँछ । रोजगारी भनेको आर्थिक गतिविधि हो, जस अन्तर्गत मानिसहरूले अरूका लागि काम गर्छन् र यसको सट्टामा पारिश्रमिक पाउँछन् । पारिश्रमिक तलब वा ज्यालाको रूपमा हुने गर्छ । रोजगारदाता सरकार, सरकारी उद्यम, गैर सरकारी सङ्घसंस्था वा कुनै पनि निजी सङ्गठन हुन सक्छ ।
यो शन्दर्भ बिशेष गरी युवाहरुको लागि हो जो आफ्नो देशमा सम्भावना देखिरहेका छैनन । यस्ता धेरै क्षेत्रहरु छन जहाँ युवाहरुले आफ्नो, परिवारको र समग्र राष्ट्रको लागि केही गर्न सक्छन ।

युवा रोजगारीका संभावित क्षेत्रहरू:-

• पर्यटन
नेपाल पर्यटनमा प्रचुर सम्भावना भएको देश हो । नेपालको पर्यटन क्षेत्र रोजगारीका मुख्य स्रोतहरू मध्येको पनि एक हो । नेपालको प्राकृतिक, भौगोलिक, धार्मिक, मौलिक, पुरातात्त्विक एवं सांस्कृतिक सम्पदा, हिमाली मनोरम दृश्य, पर्वतारोहण, पदमार्ग, तराईका फाँटहरू, वन्य जन्तु, निकुञ्ज, जल सम्पदा आदि पर्यटनको मुख्य आधार क्षेत्र रहेको छ । यी सम्पदाहरूको संरक्षण, संवर्द्धन र विविधीकरण गरी नयाँ नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान, विकास, प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रमा थप रोजगारी सिर्जना गर्नु पर्नेमा ध्यान दिनु जरुरी छ । पर्यटनलाई एउटा ब्यवसायको रुपमा हेर्न सकिन्छ । तपाईंको आफ्नै घर अगाडिको क्षेत्र नयाँ पर्यटकको निम्ती बिशेष हुन सक्छ । त्यसमा तपाईं गर्न सक्ने सम्भविक कामहरुको खोजी गर्नु पर्‍यो । होटेल, पसल, सास्कृतिक पहिचान, पद प्रदर्शन, विविध पक्षहरुबाट तपाईले सम्भावनाहरु बारे सोच्न सक्नुहुन्छ ।

• कृषि क्षेत्र
कृषि क्षेत्र सबैभन्दा धेरै रोजगारी सृजना तथा प्रदान गर्ने क्षेत्र हुन् । बेरोजगार व्यक्तिहरूलाई भूमि बैङ्क मार्फत बाँझो रहेको खेती योग्य जमिनमा कृषि कार्यका लागि सहज पहुँच पुर्‍याई बाँझो रहेको जग्गामा व्यावसायिक खेती गर्न प्रोत्साहन गरी कृषिको आधुनिकीकरण, व्यवसायीकरण, विविधीकरण र औद्योगिकीकरण गरी कृषि उत्पादन, उत्पादकत्व तथा कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु पर्दछ । बेरोजगार व्यक्तिहरूलाई कृषि सहकारी वा कृषक समूहको माध्यमबाट कृषि पकेट क्षेत्रहरूको विकास गरी कृषि पेशालाई सम्मानजनक, मर्यादित र प्रतिष्ठित बनाई कृषि क्षेत्रमा थप रोजगारीका अवसरहरू सृजना गरी कृषिमा आत्मनिर्भर हुनुको साथै राष्ट्रिय अर्थतन्त्रमा समेत सहयोग पुग्ने देखिन्छ ।

• उद्योग तथा व्यवसाय
नेपालमा बढ्दै गएको युवा बेरोजगारीमा कमी ल्याउन कम्तीमा आउँदो एक दशकसम्म कृषि, वन, पर्यटनमा आधारित उद्योगधन्दा कलकारखाना तथा व्यापार व्यवसायको माध्यमबाट थप रोजगारी सृजना गर्न विशेष जोड दिनु पर्ने देखिन्छ ।युवाहरूलाई सीपमूलक तालिमको माध्यमबाट दक्ष एवं सीपयुक्त जनशक्ति तयार गरी उद्योग तथा कलकारखानाहरूमा आपूर्ति गरी औद्योगिक उत्पादनमा वृद्धि गर्नुको साथसाथै लघु, घरेलु तथा साना उद्योगहरूको माध्यमबाट स्वरोजगारी वा रोजगारी को व्यवस्था गर्नु पर्ने देखिन्छ।

• निर्माण क्षेत्र
निर्माण क्षेत्रमा दक्ष जनशक्तिको रूपमा काम गर्ने ईलेक्ट्रिसीयन, प्लम्बर, पेन्टर, कारपेन्टर, मैसन लगायत अन्य श्रमिक मजदुरहरू अधिकांश भारतीय वा तेस्रो मुलुकका रहेका छन् । यी क्षेत्रमा नेपाली श्रमिक मजदुरहरू अदक्ष कामदारको रूपमा काम गर्ने गर्दछन् । यस क्षेत्रमा रोजगारीका सम्भावनाहरू प्रशस्त रहेकोले बजारको मागको आधारमा थप दक्ष, सीपयुक्त जनशक्ति तयार गरी बजारमा दक्ष जनशक्तिको आपूर्ति गरी अन्य मुलुकका श्रमिक मजदुरहरूलाई विस्थापित गर्दै जानु पर्ने देखिन्छ ।

– प्रेमिका भुजेल

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button