मुख्य समाचारसमाचार

युवाहरुलाई रोजगारी र राजनीतिक नियुक्तिहरुमा अधिकतम प्राथमिकता दिन्छौँः प्रधानमन्त्री दाहाल

Gobal IME Bank
file photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले युवाहरुलाई रोजगारी र राजनीतिक नियुक्तिहरुमा अधिकतम प्राथमिकता दिने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा योङ कम्युनिष्ट लिग, नेपालको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारले युवाहरुलाई रोजगारी र राजनीतिक नियुक्तिहरुमा उच्च प्राथमिकता दिने बताउनुभएको हो । उहाँले सरकार र नेकपा (माओवादी केन्द्र) पार्टीलाई युवाहरुको धेरै मद्दत चाहिएको बताउनु भयो । उहाँले प्रतिक्रियावादीहरुको घेराबन्दीलाई चिरेर सरकारको नेतृत्व गर्न पुगेको भन्दै सो सफलतालाई कम आँक्नु नहुने बताउनु भयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो – ‘यतिबेला चाहिएको छ सरकारलाई र पार्टी नेतृत्वलाई तपाईहरुको धेरै मद्दत चाहिएको छ । प्रतिक्रियावादीहरुका धेरै घेराबन्दीहरुलाई चिरेर यहाँ आइपुगियो । सजिलै आएको होइन । हामीले हिजो जसरी घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीति बनाउँथ्यौँ अहिले पनि घेरा तोड्ने र प्रतिरोध गर्ने प्रक्रिया भित्रबाट यो सफलता, पार्टी, आन्दोलन, नेपाल, नेपाली, हामी सबैलाई प्राप्त भएको हो । यसलाई कम हामी कसैले पनि आँक्नु हुँदैन । परिषद्को बारेमा, युवाहरुको रोजगारीको बारेमा, युवाहरुलाई नियुक्ति गर्ने बारेमा तपाईहरुले उठाउनुभएको ध्यानाकर्षण नोट भयो । र म त्यसलाई सम्बोधन गर्ने अधिकतम प्रयास/प्रयत्न गर्नेछु ।’

प्रधानमन्त्री दाहालले आफ्नो संगठनलाई बलियो बनाएर अघि बढ्न युवाहरुलाई निर्देशन दिनुभयो । सरकारले जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्ने उहाँले बताउनु भयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button