मुख्य समाचारसमाचार
प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज बिहान भेटवार्ता गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता प्राप्त गरेपछि लामिछानेले प्रधानमन्त्रीलाई भेट्नुभएको हो । लामिछानेले आफ्नो नागरिकता विवादकै कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाउनुभएको थियो ।
प्रधानमन्त्री र लामिछानेको भेटवार्ताबारे कुनै पनि कुरा विषय सार्वजनिक भएको छैन । यद्यपि रास्वपाले पुनः गृहमन्त्रीमा दाबी गरिरहेको खबर बाहिरिएको छ ।
यसमा तपाईको मत कमेन्ट गर्नुहोस्