प्रेम, विवाह, याैनमुख्य समाचारसमाचार

के हो युवाअवस्थामा हुने ‘प्युबर्टी’ ? अभिभावकको रोल कस्तो हुनुपर्छ ?

Gobal IME Bank

काठमाडौँ । एसियन राष्ट्रहरुको संस्कृतिमा रिलेसनसिप र डेटिङ प्रति भिन्नै किसिमको दृष्टिकोण रहेको छ । खास गरी नेपाली संस्कृतिमा यसलाई लिएर नकारात्मक किसिमको दृष्टिकोण रहेको छ ।

नेपाली आमाबाबुहरु आफ्नो बच्चाहरु यी सबै कुराहरुमा परेर समय बर्बाद गरिरहेको मान्ने गर्छन् । पश्चिमी राष्ट्रहरुमा भने डेटिङ र रिलेसनसिपहरु संस्कृतिलाई स्थापित गरेका छन् । यी राष्ट्रहरुमा आफ्नो टिनेज बच्चाहरुलाई डेटिङ, ब्वाईफ्रेन्ड अथवा गर्लफ्रेन्ड बनाउन अभिभावक अनुमति दिने गर्छन् ।

किशोरावस्थामा बच्चाहरु नयाँ सम्बन्धहरुको एक्सपेरिमेन्ट गरिरहेको हुन्छन्, नयाँ किसिमको भावना उत्पन्न भई रहेको हुन्छ त्यसैले उनीहरु परिवारबाट टाढा र साथीहरुसँग नजिक भई रहेको हुन्छन् । यतिबेला किशोरावस्थाको बच्चाहरु आफ्नो पहिचान खोजिरहेका हुन्छन् र आफ्नो यौन पहिचानबारे पनि सचेत भई रहेको हुन्छन् । यो समयमा अभिभावक पनि सचेत हुनु आवश्यक हुन्छ र उनीहरुको अनुभवमा मोरल लेन्सको प्रयोग गर्नु हुदैन । टिचर र अभिभावक यतिबेला बच्चाहरुलाई उनीहरु को प्रति आकर्षित हुनु पर्छ भन्ने कुरामा हस्तक्षेप गर्नु हुँदैन ।

यतिबेला किशोरावस्थाका बच्चाहरु नयाँ भावनाहरु महसुस गरिरहेको हुन्छन् र उनीहरुको शरीरमा नयाँ किसिमको सेन्सेसन महसुस गरिरहेको हुन्छन् । यी सबै कुराहरु महसुस हुने समयमा उनीहरुको दृष्टिकोणमा मोरल लेन्स लगाईदिदाँ उनीहरु भ्रमित हुन्छन् । किनभने उनीहरुमा यो प्राकृतिक रुपमा बायोलोजिकल चेन्ज आई रहेको हुन्छ त्यसैले यति बेला अभिभावक र टिचर ओपन माइन्डेड हुन आवश्यक हुन्छ ।

यो समयमा बच्चाहरुमा के सही र के गलत भन्ने कुराको राम्रो ज्ञान हुँदैन । हामीले उनीहरुलाई देखाउने फिल्महरुमा कहानिको हिरो र हिरोइन अन्त्यमा सधैँ सँगै हुन्छन् भनेर देखाइएको हुन्छ यसकारण टिनेजहरु कन्फ्युज भई रहेको हुन्छन् । हामीले बच्चाहरुलाई यो कुरा बुझाउन आवश्यक हुन्छ कि सबै रिलेसनसिप फिल्ममा देखाइएको जस्तो हुँदैन र सबै रिलेसनसिपहरुको ह्यापि एन्डिङ हुँदैन भनेर पनि बुझाउन आवश्यक हुन्छ किनभने वास्तविकतामा धेरै सम्बन्धहरु जसमा हामी इन्भेस्ट भएको हुन्छौ । ती सम्बन्ध विच्छेद पनि भई रहेको हुन्छ । यतिबेला अभिभावकले आफ्नो बच्चाहरुलाई स्पेस दिनु पर्छ ।

किशोरावस्थाका बच्चाहरु आफुले महसुस गरिरहेको भावना र परिवर्तनलाई बुझ्ने प्रयास गरिरहेको हुन्छन् त्यसैलै यस समयमा सके सम्म आमाबाबुले यी कुरामा हस्तक्षेप नगर्दा नै बच्चाहरुको लागी लाभदायक हुन्छ । यो शारीरीक परिवर्तन बच्चाहरुमा भइ रहँदा आमा बुवा कन्ट्रोलिङ भइदिन्छन् जसको कारणले उनीहरुलाई आफुमा भइरहेको शारीरीक परिवर्तन बुझ्न कठिनाई भइदिन्छ । यतिबेला आमा बुवाले बच्चालाई वैज्ञानिक डाटाहरुको सहयताबाट किशोरावस्था र यस समयमा बच्चाहरुमा हुने शारीरीक परिवर्तनको बारेमा जानकारी दिन र बुझ्न मद्दन गर्न सक्छन् ।

यतिबेला किशोरावस्थाका बच्चाहरुलाई कसरी गाइड गर्ने ?
अभिभावक र टिचरले यस अवस्थामा बुझ्न आवश्यक छ यो किशोरावस्थामा बच्चाहरुमा हुने नर्मल शारीरीक परिवर्तन हो । यतिबेला बच्चाहरुलाई अभिभावकले हेल्थी जीवनशैली जिउन मद्द गर्नु आवश्यक हुन्छ ताकि बच्चाहरुमा हार्मोन राम्रो सँग रेगुलेट होस् । जीवनशैलीले मस्तिष्कको बायोकेमेस्ट्रिमा प्रभाव पारिरहेको हुन्छ त्यसै यतिबेला बच्चाहरुको इष्टतम व्यायाममा ध्यान दिने र पर्याप्त मात्रामा निद्र पाउने कुरामा पनि ध्यान दिने ।

टिनेज बच्चाहरु आफ्नो आमाबुवा सँग कुरा सेयर गर्न खोजि रहेको हुन्छन् त्यसैले उनीहरुको कुरा जजमेन्ट नगरी सुनिदिने गर्ने र उनीहरुलाई साध्ने उनीहरुलाई कुन कुराले सताई रहेको छ र कसरी आफ्ले मद्दत गर्न सक्छु भनेर प्रश्न सोध्ने गर्ने । यसो गर्दा उनीहरुलाई समाधान पाउन सजिलो हुन्छ ।

प्राय नेपाली अभिभावक यौन शिक्षाको बारेमा बच्चाहरु सँग कुरा गर्न अप्ठेरो मान्ने गर्छन र यसबारे खुलेर कुरा गर्दैनन् जसको कारणले गर्दा गलत दिशा तर्फ जान सक्छन् । भनिन्छ किशोरावस्थाका बच्चाहरु काँचो माटो जस्तै हुन् जसरी काँचो माटोलाई कुमालेले विभिन्न आकार दिएर सुन्दर भाँडामा परिणत गर्छ त्यसरी नै आमाबुवाले आफ्नो बच्चालाई उचित र आवश्यक शिक्षा दिएर राम्रो व्यत्तित्व प्रदान गर्न सक्छन् । यतिबेला दिदी वा दाईले पनि आफ्नो भाई बहिनीलाई गाइड गर्नु पर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button