मुख्य समाचारसमाचार

सरकार गठनबारे सांसद रवि लामिछानेको के भन्छन् ?

Gobal IME Bank
file photo

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारको नेतृत्वका लागि दाबी गर्ने संकेत गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले पनि प्रतिनिधि सभामा चौथो ठूलो दलको हैसियतले सरकारको नेतृत्वका लागि ठूला दलहरुसँग छलफल चलाइएको बताउनुभएको हो ।

बिहीवार प्रतिनिधि सभा सदस्य पदको सपथग्रहण गरेलगत्तै सभापति लामिछानेले सरकार बनाउने कुरा संविधानसम्मत ढंगले अघि बढने भएकाले आफूहरु सोही अनुसार अघि बढ्ने पनि स्पष्ट पार्नुभयो । उहाँले संसद भवन परिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त कुराकानी गर्दै सरकार बनाउने कुरामा संसद अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा आफूहरु सचेत रहने बताउनु भयो ।

सभापति लामिछानेले भन्नुभयो, ‘अब आम नागरिकले मतदान दिएर विश्वास गरेर पठाइसकेपछि जनमतको कदर नगर्ने भन्ने कुरै भएन । हाम्रा नेतृत्वका सरकार बन्ने वातावरण बन्यो भने त्यसमा पनि छलफल नचलाएको होइन हामीले । त्यसो हुनाले अब कुन ढंगले त्यो छलफल अघि बढ्छ भन्नसक्ने अवस्था रहेन । हामीलाई प्राप्त जनमत सरकार बनाउन पुग्नैछैन । यद्यपि कसैलाई पनि बहुमत नआएको परिवेशमा चौथो ठूलो दलको रुपमा हामीले पनि नेतृत्व गर्नसक्छौं कि भन्ने विषयलाई हामीले एकदमै सामान्य छलफलको विषय बनाएका छौं । बाँकि हेर्दै जाउँ । किनभने जनमत प्राप्त भएको ठूलो राजनीतिक दलले नै सरकार चलाउने हो । अव संवैधानिक व्यवस्था अनुसार नै अगाडि बढ्नुपर्ने हुन्छ । सरकार बनाउने कुरामा संसद अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा पनि हामी सचेत हुनुपर्छ ।’

सभापति लामिछानेले अदालतमा विचाराधिन अवस्थामा रहेकाले आफ्नो नागरिकतासम्बन्धि विवादका विषयमा भने बोल्न नमिल्ने प्रतिक्रिया दिनुभयो । अदालतको फैसला अनुसार नै आफूले प्रतिनिधि सभा सदस्यमा उठेको र शपथग्रहणसमेत गरेको स्मरण गराउँदै उहाँले नागरिकता विवादको विषयमा आफूलाई अदालतले न्याय दिने विश्वास समेत व्यक्त गर्नुभयो । अदालत र अनुसन्धानका लागि सम्बन्धित निकायले काम गरिरहेकाले यस बारेमा आफूले केही पनि बोल्न नचाहेको उहाँको स्पष्टिकरण थियो । सभापति लामिछानेले भन्नुभयो, ‘अब अनुसन्धानमा रहेको, अदालती प्रक्रियामा रहेको विषयमा त खास बोलिरहन पर्दैन । सबै कुराहरु अधिकार प्राप्त निकायले अनुसन्धान गरिरहेको हुनाले अधिकार प्राप्त निकयाले सोधेको खण्डमा म जहिले पनि उपलब्ध छु । उहाँहरुलाई उपलब्ध गराउनु पर्ला भनेर यो विषयवस्तु नै अनुसन्धान अथवा खोजबिनमा अदालतमा रहेको हुनाले यस्ता विषयमा अधिकार प्राप्त निकायले निष्पक्ष ढंगले छानबिन गर्ने न्याय दिनेछे भन्ने विषयमा म विश्वस्त छु ।’

सभापति लामिछानेले आफ्नो पार्टी राजनीतिक रुपमा पनि स्पष्ट रहेको जिकिर गर्नुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button