मनोरञ्जनसमाचार

नयाँ टिभी सिरिज ल्याउँदै राजेश हमाल

Rajesh Hamal

Gobal IME Bank

काठमाडौँ। अभिनेता राजेश हमाल दुई महिना लामो अमेरिका भ्रमणबाट गत साता काठमाडौं फर्किएका छन् । त्यसक्रममा उनले कैयौं अमेरिकी राज्य घुमेर नेपाली समुदायहरु सँग भेटघाट गरे ।

पछिल्लो पटकको अमेरिका भ्रमणबाट प्रेरित हमालले नयाँ टेलिभिजन सिरिज ल्याउने घोषणा गरेका छन् । यो टिभी सिरिजमा हमालले विदेशमा बसोबास गर्ने नेपालीको सफलताको कथा प्रस्तुत गर्नेछन् ।

हिमालय टिभी एचडीबाट प्रसारण हुने कार्यक्रम ‘अँध्यारोबाट उज्यालोतिर’मा कुरा गर्दै हमालले विश्व घुमेर आफूले उक्त टिभी सिरिज चाँडै ल्याउन लागेको जानकारी दिएका छन् । ‘मेरा लागि मात्र होइन, नेपाली टेलिभिजनकै लागि यो नयाँ अनुभव हुनेछ,’ उनले भने, ‘पछिल्लो दुई दशकमा ठूलो संख्यामा नेपाली विदेश जानुभएको छ । त्यहाँ उहाँहरुको सफलताको कथा पनि छ । व्यापार, अध्ययन, कला, राजनीति, समाज सबैतिर उहाँहरुले उल्लेखनीय उपलब्धि हासिल गर्नुभएको छ । सफलताको यी कथामा सिरिज बन्नेछ ।’

हमालले अगाडि भने, ‘आफूले छानेको क्षेत्रमा उहाँहरु सक्रिय हुनुभएको छ । यस्ता पृष्ठभूमि बोकेको व्यक्तिको धारणा नेपाली नागरिकमाझ ल्याउने तयारी छ । पक्कै पनि यो प्रेरणादायी र र रोचक हुनेछ ।’

‘विदेशमा नेपालीले शून्यबाटै थालनी गर्नुभएको हो । नेपालबाट प्लेन चढेर जाँदा उहाँहरु सक्सेस हुनुहुन्छ भन्ने पनि लागेको नहुन सक्छ । नेपालमै बसेको भए के त्यही किसिमको सक्सेस स्टोरी पाउनुहुन्थ्यो ? मैले दुई तीन वर्षमा विदेशमा बसेका नेपालीको अवस्था देखेको छु । उहाँहरु स्थिर हुनुहुन्छ । व्यवसायको मालिक बनेर निस्कनुभएको छ । जीवनलाई राम्रो बनाइरहनुभएको छ । कोभिडपछि अमेरिकामा जाँदा धेरै नेपालीले सफलतापूर्वक व्यवसाय चलाएर बसेको देखें । हस्पिटालिटी क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्नुभएको छ । यसका लागि उहाँहरु दक्ष हुनुहुन्छ । नेपाली व्यक्ति भएर अन्तर्राष्ट्रिय कुजिन बनाउन सक्नुहुन्छ ।’, हमालले कार्यक्रमबारे बताए ।

‘के उहाँहरु नेपालमै बसेको भए त्यो सफलताको कथा सिर्जना गर्न सक्नुहुन्थ्यो ?’ हमाल प्रश्न गर्छन् ।

हमाल अहिले अंग्रेजी भाषाको नेपाली फिल्म ‘मायाको माया’मा व्यस्त छन् । ८० प्रतिशत छायांकन सम्पन्न भइसकेको फिल्मको बाँकी सुटिङ रारा तालमा गरिने योजना छ । यसका लागि हमाल चाँडै रारातर्फ प्रस्थान गर्दैछन् ।

अंग्रेजी भाषामा बनिरहेको यो फिल्मलाई हमालले आफ्नो करिअरकै ‘इभोलुसनरी प्रोसेस’को रुपमा व्याख्या गरेका छन् । ‘मैले फिल्म थाल्दा एउटा बनेपछि अर्को कहिले बन्छ भन्ने टुंगो थिएन । अहिले आएर यस्तो फिल्म गरेको छु, जुन विशेष समूहलाई लक्षित गरिएको होला । मासलाई पनि टार्गेट होइन,’ उनले भने, ‘जसको परिवार परम्परागत फिल्मसँग आबद्ध छैन । उसले नै यौनिक र मनोवैज्ञानिक कथावस्तुमा उदार भएर फिल्म बनाइरहेको छ ।’

‘नितान्त नेपाली सब्जेक्ट उहाँहरुले उठाइरहनुभएको छ,’ हमालले भने, ‘हामी सबै जना कलाकार अंग्रेजीमै बोलिरहेका छौं । त्यो भए पनि यो फिल्म चाहिं नेपाली हो ।’ यो फिल्ममा आना शर्मा र अनुपविक्रम शाहीको समेत अभिनय रहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button