अन्यविचारशिक्षा स्वास्थ

अमेरिकामा वैधानिक बलात्कारको कानून र आफू सजग रहन केही उपायहरू – Good News 24

Gobal IME Bank

अमेरिकाको कानूनमा यहाँका अधिकांश राज्यहरूमा वैधानिक बलात्कार र अनुमति अर्थात “कन्सेंट” को आधार तय गर्ने उमेर १६ बर्ष हो, जुन हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ। बाँकी राज्यहरूमा १८ र अरुमा १७ बर्ष। मैले आफ्नो झन्डै आठ बर्षिय प्रशासनिक, कानूनी र सामाजिक करियरमा अमेरिकामा “नाबालिक”संग गैरकानूनी सम्बन्धका कारणले कम्तिमा पनि ४-५ जना नेपाली र नेपालीभाषी शरणार्थी दाजुभाइहरूलाई देशनिकाला (डिपोर्ट) को आदेश भएको केसमा संलग्न हुने अवसर प्राप्त गरेको छु। अहिले नेपालमा केही हाइ प्रोफाइल मुद्दाहरूका कारणले गर्दा यस विषयमा यहाँ बसोबास गर्ने नेपाली समुदायलाई पनि शिक्षित र सुसूचित गर्न महत्वपूर्ण भएको महसुस भएको छ। जे-जसो भएपनि आखिरमा वयस्क व्यक्तिको नै जिम्मेवारी प्रमुख हुने हुँदा हामीले आफैलाई पनि सचेत र सजग बनाउन जरूरी छ। केही तरिकाहरू निम्न छन्:

१) सर्वप्रथम त, आफू बस्ने राज्य र सहरमा यससम्बन्धी उमेरको हदबन्दी १६-१७ नै भएपनि १८ नपुगेका कुनै पनि किशोर र किशोरसंग “विशेष” सम्बन्ध राख्ने कुराको कल्पना समेत गर्न उचित हुँदैन।

२) कहिलेकाहीं उमेर नपुगेका किशोर वा किशोरी ले प्रेम प्रस्ताव राख्नु स्वाभाविक हो र यस्तो बेला आफुले स्पष्टसँग “नो” भन्न सक्नुपर्छ र परि आए उनीहरूलाई कानूनमा भएको नियमको जानकारी पनि दिनुपर्छ।

३) आफुले नचिनेको बाल-बालिका र किशोर/किशोरी लाई कहिलेपनि छुने, अँगालो हाल्ने, जस्ता क्रियाकलाप गर्नुहुँदैन, जति नै राम्रो भावना भएतापनि। यसको सट्टा हात मिलाउने, “हाइ फाइब” र “फिस्ट बम्प” जस्ता “सेफ” र सरल विकल्पहरू अपनाउनुपर्छ।

४) आफ्नो घर/छिमेक वरपरका चिनेका १८ बर्ष मुनिका हरूसँग अन्तरक्रिया गर्ने क्रममा अथवा खुशी साट्ने बेलामा “साइड हग” सम्म गर्दा उचित हुन्छ, तथापि यस्ता “जेस्चर्स” हरू आफ्नो तर्फबाट भन्दा पनि उता तर्फबाट आउँदा उचित हुन्छ, जसलाई हामीले त्यहि किसिमले “रेस्पोंड” गर्न सक्छौं।

५) कुनै पनि बालबालिका अथवा किशोर/किशोरी जो तपाइंको आफन्त वा नजिकको चिनजानका होइनन, उनीहरूसंग बिनाकाम एक्लै कतै पनि नबस्नुहोला। त्यस्तै परिहाले, आफुले विश्वास गर्ने वयस्क व्यक्ति (साथी, आफन्त) साथमा हुन उचित छ, यदि कुनै आरोप प्रत्यारोपहरू आएको खण्डमा साक्षी हुनका लागि।

६) अमेरिकामा यहाँका बासिन्दाहरू, विशेषगरी गोरा र अस्वेत समुदाय अलि धेरै नै सचेत, गम्भीर र संबेदनशील हुने हुँदा यी समुदायका बालबालिका र किशोर-किशोरीहरूसंग अन्तरक्रिया गर्दा बिशेष ध्यान पुर्याउनुपर्छ।

७) यदि कुनै किशोर/किशोरीले अश्लील संदेश अथवा तस्वीर टेक्स्ट मेसेज वा सामाजिक संजालमार्फत पठाए भने अथवा तपाइंलाई पटक-पटक असजिलो अवस्था सिर्जना भयो भने उनीहरूका अभिभावक समक्ष यस्तो विषयबारे ध्यानाकर्षण गराउन जरूरी छ, ताकि तपाईं आफै नै सुरक्षित हुनुहोस।

८) यदि कोहि भर्खरको उमेरको युवा / युवती तपाईंसंग अत्यधिक नजिक हुन खोज्दछ तथापि तपाईंलाई उसको उमेर थाहा छैन वा उमेर थाहा पाउन सकिने अवस्था छैन भने “इग्नोर” गर्नु नै असल हुन्छ।

९) यदि आफ्नै आफन्त जो बाल्यावस्था वा किशोरावस्थामा छन् भने, उनीहरूसँग तपाइंले गर्ने अन्तरक्रियामा, हासिँ-मजाक गर्दा सामान्य रूपमा हातको प्रयोग हुने स्थिति रहेछ भने आफुले नचिनेको मान्छेको अगाडी त्यसो गर्नुहुँदैन र सजग हुनुपर्छ किनभने उनीहरुले गलत अर्थ लगाउन सक्छन र सोही अनुरुपले प्रहरी लगायतलाई खबर गरिदिंदा तपाइंको नोक्सान हुन सक्छ।

१०) फोन, सामाजिक संजाल, घर, कार्यलय, स्कुल, कलेज, आदिजस्ता ठाउँ र माध्यमहरूमा तपाइंले बालबालिका एवं किशोर-किशोरीहरूसंग असल सीमा (हेल्दी बाउनडेरी) बनाउन उचित हुन्छ।

कहिलेकाहीं नियम-कानुनको पर्याप्त ज्ञान नभएकाले हामीले गर्ने गलत रोजाइका कारणले जीवनभर पछुतो हुने स्थितिको सिर्जना हुन्छा। र कहिलेकाहीं आफुले केहि नराम्रो नगर्न खोज्दा पनि नखाएको विष लाग्न सक्छ। बलात्कारजस्ता जघन्य अपराधको आरोपमा यदि आफू निर्दोष नै प्रमाण भइयो भनेतापनि त्यस्तो गम्भीर विषयमा आफ्नो नाम जोडिएर सदाका लागि प्रदुषित भइ भविष्यमा सम्बन्ध, पेशा, काम र इज्जत सबैमा असर पर्न सक्ने हुँदा आफै सजग र सचेत रहनुपर्दछ। अमेरिकामा त यस विषयले आप्रवासीहरूको यहाँ बसिरहन मिल्ने अधिकार नै समाप्त हुन सक्ने हुँदा विशेष ध्यान पुर्याउनैपर्छ।

-निकेश थपलिया (लेखक हाल अमेरिकाको शिकागोमा अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध तथा कागजपत्र बिहिन आप्रबासीहरुको हक हितका लागि सरकारद्वारा संचालित एवं प्रायोजित परियोजनामा कार्यारत छन्। )

 

यो पनि पढ्नुहोस् ….

युवा अवस्थामा सकारात्मक र उत्साहित रहने ७ उपायहरू पढ्नुहोस्

बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्

 

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्

युटुब हेर्दै मुगुका एक युवकले कपाल काट्न सिके, मासिक ३० हजार आम्दानी

 

गुड न्यूज 24 
www.goodnews24.com
Good News Media 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button