मुख्य समाचारशिक्षा स्वास्थसमाचार

के हो छारे रोग ? प्राथमिक उपचार कसरी गर्ने ? पढ्नुहोस्

Gobal IME Bank

एजेन्सी । कुनै मानिसको मस्तिष्कको कुनै पनि भागमा देखिने दाग, चाहे त्यो चोटपटकको कारणले गर्दा होस वा ट्युमरले गर्दा, ट्युवर क्लोसिस ‘टिबि’ ले होस वा न्युरो सिस्टीसर्कोसिस भन्ने मस्तिष्कमा जुकाको फुल पर्ने रोगले अथवा मस्तिष्कको संक्रमण ‘ब्रेन एब्सेस’ भएर होस, अर्थात, मस्तिष्कमा कुनै कारणले गर्दा असर भए पछि सिजर या छारे रोगको सुरुवात हुन्छ । यो समस्या केहि मानिसमा वंशाणुगत कारणले पनि देखिन्छ ।

छारे रोग ‘सिजर’ धेरै प्रकारका हुन्छन् जेनेरल सिजर र फोकल सिजर यस भित्र पनि छारे रोगका धेरै प्रकारहरु छन् ।

छारे रोगको समस्या दिन या रात कुनै पनि बेला देखिन सक्छ । जुनसुकै बेला ‘अट्याक’ आउन सक्छ, मानिस बेहोस हुन सक्छ, हात खुट्टा काम्ने, एक टक भएर टोलाउने गर्छन् भने उनिहरुलाई त्यसबेलाको कुनै कुरा याद नहुने समेत हुन्छ । छारे रोगको बिरामीलाई कुनै पनि बेला एट्याक आउन सक्छ ।

सिजर अट्याक हुँदा व्यक्तिले शरीरलाई सन्तुलनमा राख्न सक्दैन त्यसैले सिजर अट्याक आउदा चोट लाग्ने जोखिम हुन्छ । जिब्रो टोकिने, दाह्रा किट्ने, मुखबाट र्याल निकाल्ने, दाँतहरु खुस्किने समेत हुनसक्छ ।

सिजर के कारणले हुन्छ ?
बच्चाहरुमा मस्तिष्कको संक्रमण, मस्तिष्कमा अक्सिजनको मात्रा कम हुनु, मस्तिष्कमा चोट लाग्नु आदि कारणले यो रोग देखा पर्दछ । वयस्क मानिसमा यो रोग मस्तिष्कमा जुगाको अण्डाको कारण, टाउकोको चोटपटक, मस्तिष्कको ट्युमरको कारण हुन्छ भने बुढेसकालमा यो रोग पछ्यघात, मस्तिष्कको ट्युमर वा मस्तिस्कको चोटपटकले हुन सक्छ । मस्तिष्कको क्षयरोग, न्युरो सिस्टीसर्कोसिस लगायत धेरै कारणले मस्तिष्कमा असर पर्न सक्छ र यस्तो अवस्थामा सिजर देखिन सक्छ ।

रगतको जाँच गर्दा सिजर भएको व्यक्तिमा ‘प्रोल्याक्टिन लेभल’ उच्च हुनसक्छ । एम.आर.आई, सीटी गर्दा सिजरमा प्राय केही न केही खराबी देखिन्छ ।

मस्तिष्क रगत र ‘सेरेब्रो स्पाइनल फ्लुड’ मिलेर बनेको हुन्छ, यसले निश्चित स्थान ओगटेको हुन्छ । त्यहाँ तोकिएका पदार्थ बाहेक अन्य पदार्थ आएमा समस्या देखिन सक्छ । यहाँ अलिकति मात्रै पनि असर परेमा ब्रेनमा कम्प्रेसन पैदा हुन्छ र त्यसैको कारण सिजर अट्याक अर्थात छारे रोगको विकास हुन्छ ।

सिजरलाई चिकित्सकीय भाषामा न्युरोनहरुको ‘एब्नर्मल डिस्चार्ज’ भनिन्छ। मस्तिष्कको नसाहरुमा विभिन्न केमिकल्स र विभिन्न ट्रान्समिटरहरु चार्ज भईरहेको हुन्छ र त्यसबाट हाम्रो मस्तिष्क फङसनिङ हुन्छ । त्यसमा असामान्य अवस्था पहिचान भयो भने एब्नर्मल इलेक्ट्रिकल फङसन भएपछि छारे रोगको विकास हुन्छ । सिजर जुनसुकै उमेर समुहको व्यक्तिलाई हुन सक्छ।

यी समस्याको उपचार कसरी गर्ने ?
सिजरको उपचार छ पहिले सिजरको समस्या के कारणले उत्पन्न भएको हो भन्ने पत्ता लगाउन आवश्यक हुन्छ । रोग निदान भएपछि उपचार गर्न सजिलो हुन्छ । सिजरमा रोगको अवस्था र कारण अनुसार औषधी देखि शल्यक्रिया सम्मको कार्य हुन्छ ।

छारे रोग भएका व्यक्तिहरुमा ध्यान दिनु पर्ने कुराहरु

  • रुखहरु नचडने,
  • सवारी साधन नचालाउने,
  • आगो वा खोला किनारको नजिक नजाने,
  • पौडी नखेल्ने,
  • एक्लै नहिड्ने,
  • कोठामा पनि सकेसम्म एक्लै नसुत्ने आदि ।

छारे रोग आएका बेला गर्ने प्राथमिक उपचार

  • बिरामीलाई सुरक्षित र खुल्ला स्थानमा ल्याउने,
  • बान्ता गरिरहेको छ भने देब्रे तिर कोल्टो पारेर टाउको र शरीर समाईदिने,
  • जिब्रो टोकिएको छ कि छैन् यसमा पनि ध्यान दिने र टोकेको छ भने दाँतको बीचमा श्वासप्रश्वासमा अफ्टेरो नहुने गरी कुनै ट्युब वा चम्चा राखिदिने ।
  • छारे रोग आइरहेको बेलामा मुखमा पानि पनि नराखिदिने ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button