अन्यगुड न्यूज 24मुख्य समाचार

युवा अवस्थामा लक्ष्यमा पुग्न आफैलाई उत्प्ररित कसरी गर्ने ? Good News 24

Gobal IME Bank

उत्प्रेरणाले हाम्रो लक्ष्य पुरा गर्नको लागि मद्दत गर्छ । हाम्रो लक्ष्य पुरा गर्न मद्दत गर्ने शक्तिको रुपमा उत्प्रेरणालाई लिइन्छ ।  उत्प्रेरणा एउटा प्रक्रिया हो जसले हाम्रो लक्ष्यसँग सम्बन्धित व्यवहार गर्नका लागि मार्गदर्शन दिन्छ । उत्प्रेरणाले हामीलाई हाम्रो लक्ष्य नजिक पुग्न धक्का दिने काम गर्छ ।

आफैलाई उत्प्रेरित गर्नुको अर्थ आफ्नो व्यवहार र छलफलमा केन्द्रित हुनु हो । उत्प्रेरित हुनुको अर्थ सकारात्मक कुरा सिक्नको लागि तिखो र तिक्ष्ण विवेकी हुनु हो । यो मानसिक अवस्थामा रहिरहन सक्नु भनेको एक किसिमले असम्भव हो । आफैलाई उत्प्रेरित गर्ने तरिकाहरू।

क) सकारात्मक हुने 
नकारात्मक सोचमा अलमलि राखेको समयमा कुनै पनि कार्य पुरा गर्न हामि असफल हुन्छौ । ‘ मैले केही उपलब्धि गर्न सकिन ,कमाउन सकिन ’ यस्ता सोचहरुले हामीलाई शारीरिक रुपमा नै अल्छी र थकित बनाउछ । सकारात्मक सोचबाट मात्र हामीलाई उत्प्रेरणा प्राप्त हुन सक्छ ।
नकारात्मक सोच आइरहेको समयमा आफुलाई रोक्ने र आफ्नो काममा ध्यान दिने र म यो काम पुरा गर्न सक्छु भन्ने सोच बनाउने र आफुलाई उत्प्रेरित गर्ने । कुनै पनि नकारात्मक कुरालाई सकारात्मक दृष्टिकोणले हेर्ने ।

ख) आत्मविश्वासी हुने
संसारको बारेमा सकारात्मक रुपमा सोचे सँगै आफ्नो बारेमा पनि सकारात्मक रुपमा सोच्ने । आफुलाई असक्षम नसोच्ने । आफुले गर्न नसक्ने कामको बारेमा सोचेर चिन्ता नगर्ने र त्यो काम गर्ने प्रयास बारम्बार गर्दा हामी आफैलाई राम्रो हुदैन । त्यसैले आफुलाई उत्प्रेरित गर्ने ।

ग) लक्ष्यको लागि भोको हुनु
लेस ब्राउनको भनाई नै छ ‘ हामी भोको हुनुपर्छ ’ जसको मतलब हामीले हाम्रो लक्ष्यलाई वास्तवमै चाहानु पर्छ । उदाहरणका लागि हामीलाई विदेश घुम्न जानु मन छ । आफुलाई याद दिलाउने काम राम्रो सँग गरेपछि हामी विदेश घुम्न जान सक्छौ । यो कुराले आफुलाई उत्प्रेरित गर्नको लागि प्रयोग गर्न सकिन्छ । हामी आफ्नो उदेश्यको लागि भोको छौ भने मन नलागेको कुरा पनि गर्न थाल्छौ ।

घ) कुनै समयमा असफल पनि भइन्छ
हामीले जीवनमा कुनै बेला असफलता पनि प्राप्त हुन्छ भन्ने कुरा सधै सम्झिनेरहने । म कहिले असफल हुन्न भन्ने भावना मानिसमा भयो भने जब हामी असफल हुन्छौ ।  हामी निराश हुन्छौ र स्थितिको सामना गर्न सक्दैनौ । अर्को कार्यको सुरुवात गर्न पनि गाह्रो हुन्छ । हामीले आफुले आफैलाई भन्नु पर्छ कि म असफल पनि हुन सक्छुु कुनै समयमा । यस्तो अवस्थामा हामी निराश हुनु हुदैन र असफल हुनु गलत होइन । कहिले काही हामी आफ्नै कारणले असफल हुन्छौ भने कहिले काही हामी परिस्थितिको कारणले हुन्छौ । यो सोचका साथ हामी हाम्रो कार्यमा केन्द्रित भयौँ भने हाम्रै लागि फाइदाजनक छ ।

ङ) सकारात्मक लक्ष्यमा केन्द्रित हुने
हामीलाई के चाहिदैन भन्ने कुरा थाहा हुनु साधारण कुरा हो । प्राय के कुरा हामीलाई चाहिन्छ र चाहिएको हो भन्ने कुरामा हामी अलमलमा परिहेको हुन्छौ । यसमा सकारात्मक लक्ष्य पनि पर्न सक्छ र नकारात्मक लक्ष्य पनि पर्न सक्छ । सफलता प्राप्त गर्नको लागि सकारात्मक लक्ष्यको बारे सोच्ने । आफ्नो लक्ष्यलाई सकारात्मक दृष्टिकोणले हेर्ने । उदाहरणको लागि  मोटो नहुने लक्ष्य राख्नु भन्दा १० किलो घटाउने लक्ष्य राख्दा हाम्रो लागि सकारात्मक प्रभाव हुन्छ ।

च) सानो सानो खुड्किलो लिने
एकैचोटि ठुलो लक्ष्य प्राप्त गर्न हामी सफल हुन सक्दैनौ । त्यसैले साना साना खुड्किलो बनाई आफ्नो लक्ष्य प्राप्तिको लागि काम गर्ने । उदाहरणको लागि हामीलाई कुनै सरकारी निकायमा काम गर्नु छ भन्ने त्यसको लागि हामीले पढ्नुपर्छ र लोकसेवाको परिक्षा दिनुपर्छ । यस्तै साना साना कार्य गरि हामी हाम्रो उदेश्यसम्म पुग्न सक्छौ ।

छ) प्रगतिको पदचिन्ह याद राख्ने
परापुर्वकाल देखि मानव जाति लक्ष्य र मागृदर्शनको खोजमा रहेको छ ।  हामी आफ्नो सम्बन्ध , काम र रूचिहरुमा लक्ष्य खोज्छौ । यी कुरामा केही अपुर्ण भएको महसुस भए हामी त्यसलाई समाप्त गर्छौ । उदाहरणको लागि यदि हामी ओभरटाइम काम गरिरहेका छौ भने अथवा पढिरहेको छौ भने हामी जे काम गरिरहेको छौ । त्यसको परिणाम बारे सोच्ने । यसले हामीलाई आफ्नो लक्ष्यको लागि मिहेनत गर्न प्रोत्साहन मिल्छ । पछि गएर यि कुराहरुको पदचिन्ह याद गर्ने । त्यो सिर्फ हेर्नको लागि होइन आफ्नो लक्ष्यसम्म पुग्दा कुन कुरा फाइदाजनक थियो र कुन कुरा फाइदाजनक थिएन भन्ने कुरा बुझ्नको लागि काम लाग्छ ।

ज) विश्राम लिने
हामी मेसिन हाइनौ । रिसर्चहरुले पनि पत्ता लगाएको छ कि विश्राम लिएर पढ्दा पढाई प्रभावकारी हन्छ । हाम्रो मांसपेशीलाई पनि विश्रामको आवश्यक पर्छ । हामीले साना साना विश्राम मात्र होईन जीवनमा पनि कहिले काहि विश्राम पनि लिनु गर्नुपर्छ ।

हाम्रो दैनिकीमा ‘ उत्प्रेरणा ’ को प्रयोग किन कोहि व्यक्तिले कुनै कार्य गरिरहेको हुन्छ भन्नको लागि प्रयोग भईरहेको हुन्छ । यो मानिसको कार्य वा व्यवहार पछाडिको शक्ति हो । उत्प्रेरणा जैविक , भावनात्मक , सामाजिक र संज्ञानात्मकको मिश्रण हो, जसले मानव व्यवहारलाई सक्रिय बनाउँछ ।

-सुमित नेपाली

यो पनि पढ्नुहोस् ….

युवा अवस्थामा सकारात्मक र उत्साहित रहने ७ उपायहरू पढ्नुहोस्

बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्

 

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्

युटुब हेर्दै मुगुका एक युवकले कपाल काट्न सिके, मासिक ३० हजार आम्दानी

 

गुड न्यूज 24 
www.goodnews24.com
Good News Media 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button