मनोरञ्जनमुख्य समाचारसमाचार

वेभ सिरिज ‘असुर’ को दोश्रो सिजन ओटिटि प्लेटफर्म जियो सिनेमामा

Gobal IME Bank

काठमाडौँ । वेभ सिरिज असुर २ को दुई वटा एपिसोड जियो सिनेमामा स्ट्रिम भई सकेको छ । यस पछि असुर २ को एक एक वटा एपिसोड हरेक दिन रिलिज हुने छ ।

सन् २०२० मा भुट सेलेक्ट एपमा यो सिरिजको पहिलो सिजन रिलिज भएको थियो । तिन वर्षको प्रतिक्षा पछि असुर २ ओटिटि प्लेटफर्ममा रिलिज भएको छ । दुई वटा एपिसोड हेरेका फ्यानहरुले सिरिजको बारेमा राम्रो प्रतिक्रिया दिई रहेका छन् । उत्कृष्ट फिल्मको हिस्सा रहँदै आएका अरसद वारसीले यही सिरिजमार्फत ओटीटीमा डेब्यु गरेका थिए ।

अनुसन्धान अधिकृतको भूमिका निर्वाह गरेका अरसदलाई वरुण सोबतीले साथ दिएका थिए । दोस्रो भागमा पनि यो जोडी निरन्तर रहनेछ । सिरिजमा रिधी डोगरा, अनुप्रिया गोयन्का, शरिब हासमी आदि कलाकारको अभिनय रहेको थियो र दोस्रो सिजन पनि उनीहरूको भुमिकाले निरन्तरता पाउनेछन् ।

असुर क्राइम, रहस्य र थ्रिलर विधाको सिरिजको हो । सिरिजमा सिरियल किलर हिन्दु पौराणिक कथाको फिलोसाफिलाई पछ्याउदै हत्या गरि रहेको कहानीमा आधारित छ ।

अरशद वारसी र बरुण सोबती को जोडी फेरि पनि फ्यानहरुको मन जिति रहेका छन् ।

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button