शिक्षा स्वास्थसमाचार

छोरालाई ‘जेन्टलम्यान’ बनाउने टिप्स

Parenting Tips

Gobal IME Bank

काठमाडौँ। साधरणतया हामी छोरीको हेरचाहका लागि बढी चिन्तित हुन्छौँ, उनीहरूमा राम्रो व्यक्तित्व विकास गर्नका लागि हरेक प्रयास गर्छौँ । हामीले आफ्नो छोरा पनि विचारशील र राम्रो मानिस बनोस् भन्ने चाहनुपर्छ । उनीहरूको पालनपोषणमा विशेष ध्यान दिनु पर्छ ।

छोरालाई हुर्काउँदा ध्यान दिनुपर्ने कुराहरु

जिम्मेवारी दिने

सानै उमेरदेखि बच्चालाई जिम्मेवारी दिने गर्नु पर्छ । यसका लागि उनीहरूलाई सानो –सानो काम अह्राउने गर्नु पर्छ । उदाहरणका लागि भान्सामा केही काम गरिरहेका बेला बच्चासँग चम्चा, डाडु, पन्यु माग्ने, खेलौनालाई समेटेर एक ठाँउमा राख्न लगाउने, बेलुका बोट बिरुवामा पानी हाल्न लगाउने उनीहरुले गर्न सक्ने किसिमको कामहरु गर्न दिइ रहने गर्नु पर्छ ।

भावनाहरु व्यक्त गर्न सिकाउने

प्राय मानिसहरु छोरालाई रुन दिइँदैनन छोरा मान्छे रुनु हुन्न भनेर सानै उमेर देखि सिकाउने चलन छ । छोरा रुदा ‘हेर त छोरी जस्तै रोएको’ भन्ने गरिन्छ । तर यहाँ के कुरा याद राख्नुपर्छ भने बच्चा कुनै कुरामा रिसाएको छ ऊ रोइरहेको छ भने रुन दिनुहोस्, तर अनियन्त्रित हुनबाट भने जोगाउनुहोस् । यसरी बच्चाले आफ्नो भावनालाई नियन्त्रण गर्न वा सही तरिकाले व्यक्त गर्न सिक्न थाल्छ । आफ्नो बच्चालाई रिस, प्रेम, दुःखलाई बुझ्न र त्यसलाई राम्रो तरिकाले व्यक्त गर्न सिकाउनु पर्छ ।उनीहरुलाई माया, खुसी, दुखी र उदास महसुस हुँदा आफ्नो भावनाहरु व्यक्त गर्नु पर्छ भन्ने कुरा सिकाउनु पर्छ

स्पर्शसहित माया व्यक्त गर्न सिकाउने

आमाबुवाले छोरीको तुलनामा छोरालाई कम स्पर्श गरेर माया व्यक्त गर्ने गरेको अनुसन्धानमा खुलासा भएको छ । तर छोरालाई पनि स्पर्शको त्यति नै आवश्यकता पर्छ जति छोरीलाई पर्छ । छोराहरु साथीहरू वा अरू मानिसको अगाडि माया गर्दा लजाए पनि उनीहरूलाई आमाबुवाको स्पर्श चाहिन्छ । बच्चाले अप्ठेरो मानिरहेको छ भने पनि उसको पिठ्युँमा थपथपाउनुहोस्, अँगालो हाल्नुहोस्, हात समात्नुहोस् । यसो गर्दा उनीहरुमा पनि स्पर्शसहितमो माया गर्ने बानिको विकास हुन्छ ।

सामाजिक क्षमता बढाउन मद्दत गर्ने

धेरैजसो केटाहरू केटीहरूको तुलनामा मानिसहरु सँग कुराकानी गर्न वा गहिरो दोस्ती गर्नमा पछि पर्छन् । यस्तोमा उनीहरूलाई साथी बनाउन, आफ्ना कुरा साझा गर्न, मानिसहरूलाई मद्दत गर्ने क्षमताको विकास गर्न अभिमावकले सघाउन सक्नुहुन्छ ।

सबैको आदर गर्न सिकाउने

बच्चाले आफ्नो र अरू मानिसको आदर सम्मान गरोस् भन्ने चाहनुहुन्छ भने आफुमा हरेक उमेर, लिङ्ग वा वर्गका मानिसको इज्जत बानिमा बढि ध्यान दिनुहोस् । तपाईको व्यवहारले बच्चाहरुको व्यवहारमा सकारात्मक विकास हुनेछ । यसो गर्दा बच्चाले महिला र पुरुषलाई सम्मान गर्न त सिक्छ नै क्षेत्रवाद, गरिब–धनी, सोसल स्टेटसका लागि पनि उनीहरू भित्रको मतभेद हट्नेछ ।

मेहनत गनसिकाउने

बच्चालाई तपाई बाल्यकालदेखि नै मेहनत गर्नुको महत्त्व सिकाउनुहोस् र मेहनती बन्नका लागि प्रेरित गर्नुहोस् । उनीहरूलाई बाल्यकालदेखि नै सिकाउनुहोस् कि मेहनत नगरी केही पनि पाइँदैन र मेहनत गरे पछिको फल मिठो हुन्छ भनेर सिकाउनुहोस् । यसका साथै उनीहरूलाई इमानदार व्यक्ति बन्न पनि प्रेरित गर्नुहोस् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button