शिक्षा स्वास्थसमाचार

टिमुरका फाइदा: आँखादेखी क्यान्सरसम्मलाई राम्रो

Gobal IME Bank

एजेन्सी । टिमुरलाई अचार र विभिन्न परिकारमा मसलाको रूपमा प्रयोग गरिन्छ । दानाको रूपमा वा पिसेर धुलो प्रयोग गरिन्छ। टिमुर खासगरी नेपालको पश्चिमी भूभागमा बढी उत्पादन हुन्छ। यसको स्वाद तीतो, पिरो र जिब्रो पर्पराउने किसिमको हुन्छ।

यसलाई थुप्रै परिकारमा प्रयोग गर्न सकिन्छ। टिमुरको फललाई प्रशोधन गरी दन्तमञ्जन, साबुन, अत्तरको रुपमा पनि प्रयोग गरिन्छ। साथै श्रृंगारको सामग्री निर्माणमा पनि यसको प्रयोग हुन्छ। टिमुरको प्रयोग मसला मात्र नभई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।

औषधीय गुण

  • टिमुरको प्रयोगले दाँत दुख्ने जरो, अजिर्ण, हैजा आदि समस्याहरुको समाधान गर्छ।
  • आँखाको दृष्टि कम भएका मानिसले नियमित रूपमा टिमुरको प्रयोग गर्दा लाभदायी हुन्छ।
  • कम भोक लाग्ने समस्या छ भने पनि टिमुरको प्रयोग गर्दा फाइदा मिल्छ यसले भोक जगाउँछ।
  • न्युन रक्तचाप भएका व्याक्तिलाई पनि टिमुरले निकै फाइदा पुर्‍याउँछ।
  • टिमुरमा फोस्पफोरसको पाइने भएकाले हड्डीका लागि पनि फाइदाजनक हुन्छ।
  • टिमुरले क्यान्सरको जोखिमलाई पनि कैयौँ गुणा कम गर्छ। त्यस्तै, यसले पेटमा लाग्ने विभिन्न किरा तथा जुका मार्न सहयोग पुर्‍याउँछ ।
  • गाउँघरमा अझै पनि हात खुट्टा मर्किएमा टाउको दुखेमा र पिनास भएको बेला टिमुरको तेलले मालिस गर्ने चलन छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button