जिब्रोलाई पनि चाहिन्छ स्याहार, जिब्रो सफा राख्ने ८ तरिकाहरु

काठमाडौँ । हामी दैनिक दाँत माझ्छौँ तर जिब्रोको सफाइमा भने त्यति ध्यान दिई रहेका हुँदैनौ। जिब्रोमा जम्मा हुने सेतो पत्रले सास गनाउने समस्या उत्पन्न हुन्छ। साथै, स्वाद थाहा पाउन, शुद्धसँग उच्चारण गर्नसमेत यसको सफाइमा ध्यान पुर्याउनुपर्छ। टुथब्रस र टङ क्लिनर दुवैले मुखको ब्याक्टेरियालाई सफा गर्नको लागि मद्दत गर्छ ।
१) टङ क्लिनर
बजारमा प्लास्टिकका ‘टङ क्लिनर’ पाइन्छन्। ब्रस गरिसकेपछि यसले बिस्तारै जिब्रो सफा गर्नुपर्छ तर, जोडले जिब्रो रगड्नु भने हुँदैन।
२) नुन
जिब्रोमा जमेको सेतो पत्र र ब्याक्टेरिया हटाउन नुन निकै उपयोगी हुन्छ। यसमा ‘एन्टिसेप्टिक’ गुण हुन्छ। जिब्रोमा अलिकति नुन छरेर ब्रसले हल्कासँग ‘स्क्रब’ गर्नुपर्छ। हप्तामा दुईपटक यसो गरे जिब्रो ब्याक्टेरिया रहित हुन्छ।
३) नुनपानी
मनतातो पानीमा नुन हालेर हप्तामा दुईपटक कुल्ला गर्नाले जिब्रो सफा हुनुका साथै यसमा जम्मा भएका ब्याक्टेरिया हटाउन मद्दत मिल्छ।
४) दही
खानासँग दही खाँदा ‘क्यान्डिडा फंगस’का कारण जिब्रोमा जमेको सेतो पत्र हट्छ र सास पनि शुद्ध हुन्छ।
५) नरिवलको तेल
बिहान ब्रस गर्नुअघि एक चम्चा नरिवलको तेल मुखमा हालेर केही समयसम्म कुल्ला गर्नुपर्छ त्यसपछि मनतातो पानीले पुन मुख कुल्ला गर्नुपर्छ। हरेक बिहान यसो गर्दा जिब्रो सफा हुन्छ र सास गनाउने समस्या पनि हटेर जान्छ।
६) बेसार
बेसारमा पनि ब्याक्टेरिया नाशक तत्व हुने भएकाले जिब्रो सफा गर्न यसको प्रयोग गरिन्छ। यसका लागि आधा चम्चा बेसारमा कागतीको रस मिलाएर पेस्ट तयार गरी केही बेर जिब्रो ‘स्क्रब’ गरी कुल्ला गर्नुपर्छ। आधा चम्चा बेसारलाई पानीमा घोलेर कुल्ला गर्नाले जिब्रो सफा भई गुलाबी देखिन थाल्छ।
७) घ्यूकुमारीको रस
घ्यूकुमारीको रसमा जिब्रो र मुखमा रहेका ब्याक्टेरिया हटाउने गुण हुन्छ। एक चम्चा एलोभेराको रस मुखमा लिएर केही बेर राख्ने र केही बेर कुल्ला गरी यसलाई थुकिदिने। जिब्रो फोहोर हुने समस्या हटेको महसुस गर्नुहुनेछ।
८)भेजिटेबल ग्लिसरिन
मुख सुक्खा हुँदा पनि जिब्रो फोहोर हुने र सास गनाउने गर्छ। यसबाट मुक्ति पाउन बजारमा पाइने भेजिटेबल ग्लिसरिन ल्याएर जिब्रोमा अलिकति हाली ब्रसले हल्का रगडेर मनतातो पानीले कुल्ला गर्नुपर्छ। दिनमा दुईपटक यसो गर्नाले जिब्रो सफा भई गुलाबी रङको देखिन थाल्छ।