अन्यसमाचार

रूकुमपूर्वमा पर्यटकिय गन्तव्यले निरन्तरता पायो -GoodNews24

Gobal IME Bank

रुकुमपूर्व । गत वर्षबाट रुकुमपूर्वमा शुरु भएको पर्यटन गन्तव्य कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ । प्रदेश नं ५ सरकारले जिल्लास्थित डिभिजन वन कार्यालयमार्फत पर्यटन गन्तव्य निर्माणको काम गरिरहेको छ ।
कार्यालयले जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको केन्द्र तकसेरालाई केन्द्र मानेर पर्यटन गन्तव्यको विकास गर्र्ने कामको थालनी गरेको प्रदेशसभा सदस्य तेजबहादुर ओलीले जानकारी दिनुभयो ।
यस कार्यक्रम कार्यान्वयनका लागि गत वर्ष रु एक करोड बजेट विनियोज गरिएको थियो । कार्यक्रम कार्यान्वयन गर्नका लागि यस वर्ष पनि त्यत्ति नै बजेट छुट्याइएको उहाँले बताउनुभयो । उहाँका अनुसार गत वर्षको बजेटबाट पुथाउत्तरगङ्गा गाउँपालिका–१३ को विर्गुमगाउँमा उद्यान निर्माण, स्वागतद्वार, विर्गुमको टावरसम्म पदमार्ग निर्माण गरिएको छ । यसैगरी विर्गुम पोखरी संरक्षणका लागि पर्खाल लगाइएको छ भने भ्यूटावर निर्माणको काम पनि थालिएको छ ।
यस वर्ष यस कार्यक्रमबाट तकसेरामा सामुदायिक पाहुनाघर र सङ्ग्रहालय निर्माण गरिने छ । भूमे गाउँपालिकासहित पुथाउत्तरगङ्गा गाउँपालिकाका सबै वडालाई यस कार्यक्रमसँग जोडेर बृहत पर्यटन गन्तव्य बनाई पर्यटन क्षेत्रको विकास गर्ने प्रदेश सरकारको उद्देश्य रहेको जनाइएको छ । यस कार्यक्रमका लागि क्रमिकरूपमा बजेट छुट्याएर त्यस क्षेत्रलाई पूर्ण पर्यटन गन्तव्य बनाउने प्रदेश सरकारको योजना रहेको छ ।
प्रदेश नं ५ को एकमात्र हिमाली जिल्ला रुकुमपूर्व प्राकृतिक र सांस्कृतिक रूपले धनी मानिने जिल्ला हो । जिल्लावासीको जीवनशैली नै अन्य जिल्लाका मानिसका लागि नौलो लाग्ने गर्दछ । हिमाल, पहाड र तराई सबै ठाउँको मिश्रणबाट बनेको रुकुमपूर्वमा विभिन्न किसिमका हिमाल, तालतलैया, नदी, हिमताल, हिमनदी, बहुमूल्य जडीबुटी पाइने गर्दछन् । त्यसैगरी जनयुद्धको उद्गमस्थलका रुपमा चिनिने यस जिल्लामा युद्ध पर्यटनको सम्भाव्यता उत्तिकै छ ।
पछिल्लो समयमा गुरिल्ला पर्यटनको पनि विकास भइरहेको भूमे गाउँपालिकाले जनाएको छ । पछिल्लो चरणमा रुकुमपूर्वमा आन्तररिक पर्यटक मात्र नभई बाह्य पर्यटक पनि भित्रिरहेको पर्यटन सूचना केन्द्र रुकुमपूर्वले जनाएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button