Grace Computer Jawalakhel
अन्यसमाचारसूचना प्रविधि

राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिका लागि महँगो हेलिकप्टर आइपुग्यो

helicopter clipart०३ असोज, काठमाडौं : राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिका लागि खरिद गरिएको महँगो र अत्याधुनिक नयाँ हेलिकप्टर बिहिबार काठमाडौँ आइपुगेको छ ।  सरकारले नेपाली सेनामार्फत झिकाएको उक्त हेलिकप्टर १८ दिनपछि काठमाडौं आइपुगेको हो। १४ मिलियन युरो (करिब डेढ अर्ब) मूल्यको उक्त हेलिकप्टर सेप्टेम्बर २ मा इटलीबाट उडेको थियो । अति विशिष्ट व्यक्तित्वको विशेष सवारीका लागि प्रयोग गरिने उक्त हेलिकोप्टर सेनामार्फत संचालन हुनेछ। यसलाई त्रिभुवन विमानस्थलस्थित सेनाको हवाइ अड्डा ११ बाहिनीमा राखिएको छ। इटालीमा बनेको उक्त हेलिकोप्टरमा अत्यधुनिक सुविधानसम्पन्‍न सिट छन्। भाइब्रेशनन र साउण्डप्रुफ सुविधा रहेको उक्त हेलिकोप्टर पहिलोपटक नेपालमा ल्याइएको हो।  इटालीबाट ग्रीस, इजिप्ट, दुबई, बहराइन, ओमान, पाकिस्तान, भारत हुँदै उक्त हेलिकोप्टर काठमाडौं ल्याइएको हो।

 

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button