समाचार

स्वतन्त्र उम्मेदवार हुन मापदण्ड -Good News 24

Gobal IME Bank

काठमाडौँ, १८ असार । आउँदै गरेको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरूको एक समूहले राष्ट्रिय विशेष भेला गरेर उम्मेदवारको मापदण्ड तोकेका छन् । शनिवार ललितपुरको एक होटलमा आगामी संसदीय निर्वाचनमा उम्मेदवार हुनेहरूका लागि विभिन्न ११ बुँदामा मापदण्ड तयार गरिएको छ । जसअनुसार स्नातक तह सम्मको शिक्षा हुनुपर्ने, ६८ वर्ष माथिको व्यक्तिले स्वतन्त्र उम्मेदवार हुन नहुने, चुनावमा उठेकै दिन सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने लगायतका मापदण्ड तयार गरिएको छ ।
साथै उम्मेदवार बनेकै दिन पुलिस रिपोर्ट सार्वजनिक गर्नुपर्ने, भष्टाचारको अभियोग नलागेको, विदेशी पिआर वा ग्रिनकार्ड नलिएको हुनुपर्ने मापदण्ड बनाइएको छ । स्वतन्त्र हुन चाहिने मापदण्डहरु यसप्रकार छन ।

मत दिने उम्मेदवार विरासत, पैसा, इतिहासको ब्याज र सम्प्रदायका आधारमा होइन, व्यक्तिगत क्षमता, योग्यता, कार्ययोजना र नैतिकवान् चरित्रका आधारमा तय हतय हुनेछ ।

१) राज्यले नै ६८ वर्षको व्यक्तिलाई वृद्ध भत्ता तोकिसकेको हुनाले हामीले मतदान गर्ने उम्मेदवार अधिकतम ६८ वर्ष नकटेको हुनेछ ।

२) सांसद वा मन्त्रीले देश–विदेशमा विभिन्न छलफल र निर्णयमा सहभागिता जनाउनुपर्ने भएकाले सांसदका उम्मेदवारको न्यूनतम योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्नेछ ।

३) प्रत्यक्ष निर्वाचनमा लड्ने व्यक्तिले चुनाव लड्ने घोषणा गरेकै दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेछ ।

४) सांसदको उम्मेदवार बन्न चाहने व्यक्तिको चरित्र स्वच्छ हुनुपर्छ । उसमाथि कुनै पनि चारित्रिक दाग लागेको हुनुहुँदैन । उम्मेदवारी घोषणा गरेकै दिन पुलिस रिपोर्ट सार्वजनिक गरिएको हुनुपर्दछ ।

५ ) उम्मेदवार बन्ने व्यक्तिले जितेर गर्ने कामका बारेमा आफ्नो स्पष्ट कार्ययोजना र भिजन सार्वजनिक गर्नुपर्छ ।

६) प्रदेश वा संघको मन्त्री दाबी गर्ने व्यक्तिले सम्बन्धित मन्त्रालयको विषयमा विज्ञता राखेको हुनुपर्दछ ।

७) उम्मेद्वार बन्ने व्यक्ति राज्यको नीति निर्माण गर्ने थलोमा स्वार्थ बाझिनेखालको हुनुहुँदैन । जस्तै–निजी व्यवसायी, व्यापारी एवं ठेकेदारहरू नै सांसद, मन्त्री वा संसदीय समितिका सभापति बन्ने परिपाटीको अन्त्य गरिनुपर्दछ ।

८) विदेशमा ग्रिनकार्ड वा पीआर लिएका व्यक्तिलाई स्वतन्त्र उम्मेदवारका रूपमा मतदान गर्न वा स्वतन्त्र उम्मेदवार मान्न सकिने छैन ।

९ ) तीनपटकभन्दा बढी मन्त्री भइसकेकाहरूलाई मतदान गरिने छैन ।

१०) उम्मेदवार बन्ने व्यक्तिले परिवारको जीविकोपार्जनको वैधानिक स्रोत सार्वजनिकरुपमा खुलाउनुपर्नेछ ।

११) भ्रष्टाचारको अभियोग लागेका व्यक्ति उम्मेदवार बन्न पाउने छैनन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button