Grace Computer Jawalakhel
समाचारसूचना प्रविधि

अब एउटै एपमा दुई ओटा नम्बरबाट ह्वाट्सएप चलाउन मिल्ने फिचर

Whatsapp

काठमाडौँ। मेटाको इन्सटेन्ट मेसेजिङ एप ह्वाट्सएपले आफ्नो एन्ड्रोइड प्रयोगकर्ताका लागि मल्टी अकाउन्ट फिचर ल्याउने भएको छ । एउटै ह्वाट्सएप एपमा एकभन्दा बढी अकाउन्ट तथा नम्बर प्रयोग गर्न मिल्ने गरी कम्पनीले यस्तो फिचर ल्याउन लागेको हो ।

यो फिचर फेसबुक तथा इन्स्टाग्राम जस्ता एपकै जसरी मल्टिपल अकाउन्ट इन सिङ्गल एप अर्थात एउटै एपमा थुप्रै अकाउन्टको सुविधा दिइनेछ । वाबेटाइन्फोको रिपोर्ट अनुसार ह्वाट्सएपको बेटा भर्सन २.२३.१७.८ मा यो फिचर रोलआउट हुने तयारीमा छ ।

यद्यपि हाल यो फिचरमा काम भई रहेको छ र बेटा टेस्टरका लागि मात्र उपलब्ध छ । नयाँ अपडेट चाँडै नै सबै प्रयोगकर्ताका लागि सार्वजनिक हुने अनुमान गरिएको छ । नयाँ अपडेटसँगै पर्सनल तथा प्राइभेट च्याट कुराकानी सबै अलग अलग राख्न मिल्नेछ ।

नोटिफिकेसन पनि दुवै अकाउन्टका लागि छुट्टाछुट्टै रहनेछन् । अहिलेसम्म ह्वाट्सएपमा एउटै अकाउन्ट मात्र प्रयोग गर्न मिल्ने अवस्था छ ।

एक भन्दा बढी अकाउन्ट प्रयोग गर्नका लागि प्रयोगकर्ताले डुअल एप अथवा डुअल मोड जस्ता क्लोन फिचर प्रयोग गर्नुपर्ने हुन्छ । हालै मात्र ह्वाट्सएपले भिडिओ कलका लागि तीन नयाँ फिचर रोलआउट गरेको छ ।

जसमा स्क्रिन शेयरिङ तथा ल्यान्डस्केप मोड भिडिओ मेसेज फिचर सामेल छन् । स्क्रिन शेयरिङ फिचरको सहयोगमा प्रयोगकर्ताले भिडिओ कलिङको समयमा आफ्नो डिभाइसको स्क्रिन अर्को प्रयोगकर्तालाई शेयर गर्न सक्छन् ।

यसका साथै भिडिओ कलिङको बेलामा मोबाइललाई ल्यान्डस्केप मोडमा पनि प्रयोग गर्न मिल्छ । यसका अलावा शेड्युल कलिङ फिचर समेत रोलआउट गरिएको छ ।

यसको सहयोगमा ह्वाट्सएप प्रयोगकर्ताले भ्वाइस तथा भिडिओ दुवै प्रकारका कल शेड्युल गर्न सक्नेछन् । यद्यपि, यसको प्रक्रियाको जानकारी अहिलेसम्म दिइएको छैन ।

यसका साथै भिडि‌ओ मेसेज फिचरको माध्यमबाट ह्वाट्सएप प्रयोगकर्ताले छोटो भिडिओ मेसेज समेत पठाउन सक्छन् । यो फिचरमार्फत प्रयोगकर्ताले ६० सेकेन्डसम्मको रियलटाइम भिडिओ रेकर्ड गरेर पठाउन सक्छन् ।

कम्पनीले यो मेसेज समेत इन्ट टु इन्ट इन्क्रिप्टेड राखिएको जानकारी दिएको छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button