शिक्षा स्वास्थसमाचार

कसरी चिन्ने विषालु च्याउ ?

Wild Mushroom!

Gobal IME Bank

वर्षायामको सुरुवात भएसँगै गाउँघरमा जंगलबाट च्याउ खोजेर ल्याउने र खाने चलन छ । जंगलमा थुप्रै प्रजातिका खानयोग्य र स्वादिलो च्याउहरू पाइन्छ। पुरानो रूखको ठुटो, पत्कर वा खुला चौरमा च्याउ उम्रिन्छ । बाजेका पालादेखि नै पहिचान गरी खाँदै आएका जंगली च्याउ खोजेर खाने गरिन्छ । तर, कतिपयले भने खान योग्य च्याउ पहिचान गर्न सक्दैनन् । यसरी जथाभावी  च्याउ खाँदा ज्यानै जाने जोखिम हुन्छ । अहिले यसरी नै जथाभावी पहिचान नै नगरी च्याउ खाएको कारण धेरै मानिसहरु बिरामी भई रहेका छन् भने केहीले ज्यान सम्म गुमाएका छन् ।कुन च्याउ खाने र कुन नखाने भनेर छुट्याउन सक्ने सामान्य ज्ञान भएमा विषालु च्याउ खानबाट बच्न सकिन्छ ।

कसरी चिन्ने खान योग्य च्याउ ?
जंगलमा पाइनेमध्ये कुन च्याउ खान हुन्छ र कुन हुदैन भन्ने कुरामा खासै द्विविधा छैन । सामान्य हिसाबले पनि खान नहुने र हुने च्याउ पहिचान गर्न सकिन्छ। च्याउ अनेक प्रजातिका हुन्छन् । यसमध्येबाट  च्याउको प्रकृति, रंग, स्वाद र गुण हेरेर चार भागमा विभाजन गरिएको छ ।

१) खान हुने

२) तीतो

३) विषालु

४) काम नलाग्ने

हेर्दा आकर्षक लाग्ने, रंगीन च्याउ विषालु हुन्छ । यस्तो च्याउ रहरलाग्दो देखिन्छ । खान नहुने च्याउ पहिचान गर्ने सामान्य विधि भनेको यी च्याउमा हत्तपत्त किरा लाग्दैन । निचोर्दा सेतो दूध निस्कन्छ ।

खान योग्य च्याउ:
गाउँघरतिर वर्षेनी जंगली च्याउ खाने गरिन्छ । आफूले पहिल्यै देखि खाइरहेको च्याउ पहिचान गरेर खानु राम्रो हुन्छ । नचिनेको वा त्यसअघि नखाएको च्याउ सेवन गर्नुहुँदैन । बुढापाकालाई  जंगली च्याउबारे धेरै ज्ञान पनि हुन्छ । उनीहरूले पहिचान गरेको र खाँदै आएको च्याउ खान सकिन्छ । यद्यपि यस किसिमको च्याउ पनि कुनैबेला विषालु हुन सक्छ ।

कृतिम च्याउ कति खान योग्य ?
अहिले बजारमा थरी थरीका च्याउ पाइन्छ, जुन कृतिम ढंगले उत्पादन गरिएको हुन्छ। यस्तो च्याउ खान वर्षायाम कुरिरहनुपर्दैन, जुनसुकै सिजनमा पनि पाइने कारण यो जुनसुकै बेलामा पनि खान सकिन्छ तर कृतिम ढंगले उत्पादन गर्ने यी च्याउ कति खान योग्य हुन्छ ? यसबारे भने विचार गर्नुपर्छ । किनभने कृतिम ढंगले उत्पादन गर्ने च्याउलाई उमार्न, बढाउन, किरा लाग्न नदिन र भण्डारण गर्न विभिन्न औषधि एवं रसायनको प्रयोग गरिएको हुनसक्छ । खानेकुरामा प्रयोग गरिने यस्ता हानिकारक तत्वले हाम्रो शरीरलाई असर पुर्‍याउने जोखिम हुन्छ ।

च्याउमा के पाइन्छ ?
च्याउ खानै नहुने खानेकुरा  होइन । यो स्वादिलो र पोषक तत्वले भरिपूर्ण हुन्छ । च्याउमा प्रोटिन, भिटामिन, मिनरल्स, क्याल्सियम आदि पोषक तत्व पाइन्छ । च्याउमा बोसो नगन्य मात्रामा पाइन्छ, यसमा स्टार्च हुँदैन । त्यसैले यो खानयोग्य उत्पादनमै पर्छ ।

च्याउ के हो ?
यो एक प्रकारको वनस्पती हो । फूल नफुल्ने प्रजातिको । यो फन्जाइ वर्गमा पर्छ । च्याउ एक प्रकारको ढुसी हो । संसारमा तीन हजार ८ सय बढी प्रजातिको च्याउ पत्ता लागेका छन् । त्यसमध्ये एक हजार विषालु र दुई हजार खानयोग्य मानिन्छ । जबकि २ सय प्रजातिको च्याउ औषधीय गुणले भरिपूर्ण हुन्छ । -r=Rabina Mangranti

अरू पनि पढ्नुहोस्:

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button