शिक्षा स्वास्थसमाचार

आज अक्टोबर ६ ‘विश्व मुस्कान दिवस’

World Smile Day

Gobal IME Bank

काठमाडौँ। हरेक वर्षको अक्टोबर ६ मा विश्व मुस्कान दिवस मनाइन्छ। मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्नका लागि सन् १९९९ देखि यो दिवस मनाउन सुरु गरिएको हो।

मनोविद विजया बिजुक्छेका अनुसार मुस्कुराइरहुनका धेरै फाइदाहरु छन् । मुस्कानले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन मद्दत गर्छ ।

‘मानिस सामाजिक प्राणी भएकाले सधैँ समाजमा बस्न रुचाउँछ । सही सम्बन्धको अभावका कारया विभिन्न प्रकारका मानसिक विकारको अवस्थामा पुग्ने अवस्था हुन्छ, जस्तै डिप्रेसन, एन्जाइटी,’ मनोविद् बिजुक्छेले भने, ‘मुस्कुराउँदा सामाजिक सम्बन्ध र सहयोगमा वृद्धि हुन्छ। जब सामाजिक सहयोग बढ्छ सम्बन्धहरू सुध्रिन्छन् । तब व्यक्तिको तनाब कम हुन्छ, तनाब कम भएपछि खुसी बढ्छ र आनन्द बढ्छ । आनन्द बढ्नु भनेको नै मानसिक स्वास्थ्य स्वस्थ हुनु हो।’

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button