मुख्य समाचारसमाचार
मुस्ताङबाट नेपाली कांग्रेसका योगेश बने पहिलो सांसद
काठमाडौं । मुस्ताङ जिल्लाका क्षेत्र नं १ बाट नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ ।
चुनावी नतिजा आफ्नो पक्षमा पार्दै कांग्रेस उम्मेदवार योगेश गौचन पहिलो प्रतिनिधिसभा सदस्य बन्ने पक्का भएको हो ।
मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार योगेश गौचन ३ हजार ९९२ मत पाएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका निवर्तमान सांसद प्रेम तुलाचन ३ हजार ७८ मतमा रोकिएका छन् ।