मुख्य समाचारसमाचार
कांग्रेस संसदीय दलको निर्वाचनः एकाएक बलियो बन्दै थापा, विश्वप्रकाशसँगै प्रदीप पौडेलको पनि समर्थन
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएपछि उनी येतिबेला अझै पार्टीभित्रकाहरुको साथको खोजीमा छन् ।
तर थापालाई डा. शेखर कोइरालाले सहयोग गर्ने निश्चित भइसकेको बेला कृष्णप्रसाद सिटौला समूहका एकमात्र सांसद प्रदीप पौडेलसमेत उनको पक्षमा खुलेपछि उनी थप बलियो भएका छन् ।
दलको नेतामा शेखर कोइराला प्रस्तावक बन्दा विश्वप्रकाश शर्मासँगै प्रदीप पौडेल पनि समर्थक बसेका छन् ।
उता प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले समर्थन गर्ने भएका छन् ।