मनोरञ्जनसमाचार

नेपाली एनिमेसन फिल्म ‘सलीना’को टिजर सार्वजनिक

Nepal's first animated movie

Gobal IME Bank

काठमाडौँ। नेपाली एनिमेटेड फिल्म ‘सलीना: योद्धा राजकुमारी’ को टिजर सार्वजनिक भएको छ । राजकुमारी र राक्षसनीबीचको लडाइँको लोककथामा आधारित यो एनिमेटेड फिल्मलाई नेपालको पहिलो एनिमेटेड फिल्म भनिएको छ ।

यो फिल्म धेरै वर्षअघि राक्षसनीको आतंकले मानिसलाई दुःख दिएको र त्यसलाई रोक्न सलीना नामक योद्धा राजकुमारी लडाइँमा उत्रिएको कथावस्तुमा आधारित छ । टिजरले फिल्मको यही कथावस्तुलाई एनिमेसनको मद्दतबाट चित्रण गर्ने कोसिस गरेको छ ।

एक मिनेट १३ सेकेण्ड लामो टिजरमा एक्सन प्रधान देख्न सकिन्छ। महिला सशक्तीकरणको सन्देश दिने यो फिल्मलाई ६ वर्ष लगाएर रेनमेकर एनिमेसन र भिजुअल इफेक्ट एकेडेमीले तयार पारेको निर्देशक तेजशराज जोशीले जानकारी दिए।

टिजरमा प्रदर्शन मिति भने उल्लेख गरिएको छैन । यद्यपि, यसै वर्ष नेपाली सहित हिन्दी र अंग्रेजी भाषामा फिल्मलाई प्रदर्शन गर्ने तयारी गरिएको निर्देशक जोशीले बताए।

शिव पुरी र श्रुति श्रेष्ठले सम्पादन गरेको फिल्ममा सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धर ग्राफिक कलाकारका रुपमा छन् । यसमा कृष्मा राजकर्णिकार, लजिना श्रेष्ठ, बेनिशा खतिवडा, अदिती ज्ञवाली, एज्मे कुइँकेल, झरना राई, तेजशराज जोशी, सुशील नेपाल, देव न्यौपाने, युविन पुजारी, जुना थापा, कुमार न्यौपाने लगायतले स्वरांकन गरेका छन् ।

फिल्मको निर्माता तेजशराज जोशी र श्रुति श्रेष्ठ हुन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button