मनोरञ्जन

‘मिसवर्ल्ड’को ‘ब्यूटी विथ पर्पस’को अवार्ड अनुष्का श्रेष्ठलाइ ।

Gobal IME Bank

२९ मंसिर । गएको बर्षको ‘मिस वर्ल्ड’मा श्रृङ्खला खतिवडाले सहभागिता लिएकी थिइन । नेपालबाट सहभागी भएकी श्रृङ्खला खतिवडाले दुइवटा टाइटल ब्यूटी विथ पर्पस र मल्टिमिडिया अवार्ड’ जितिन् । विश्व सुन्दरी प्रतियोगीतामा सहभागी भएपछि श्रृङ्खलाले नेपालीको ठूलो साथ पाउनुका साथै सामाजिक संजाल, मिडियामा उनको चर्चा निकै भयो । त्यस्तै यो बर्ष ‘मिस वर्ल्ड’मा सहभागी भइन् नेपालकी अर्की सुन्दरी अनुष्का श्रेष्ठ । उनले डिसेम्बर १४ मा अर्थात शनिबार आयोजना भएको ‘मिस वर्ल्ड’को नयाँ संकरणमा ‘ब्यूटी विथ पर्पस र मल्टिमिडिया अवार्ड’ जितिन् । उनी ‘हेड टू हेड च्यालेञ्ज’ उत्कृष्ट ४० मा पर्न सफल भएकी थिइन् । अनुष्का विश्व सुन्दरी प्रतियोगीताको सेमीफाइनलसम्म पनि पुगिन् । अनुष्काको यो यात्राउपलब्धीपूर्ण रहेको छ । तर, उनले श्रृङ्खलाको जती समर्थन र साथ भने नेपालबाट पाइनन् । तर, पनि अनुष्काले आफूलाई दरिलो रुपमा ‘मिस वर्ल्ड’मा उभ्याइन् । अनुष्काले विश्व सुन्दरी प्रतियोगीतामा भाग लिन जानुअघि यो प्रतियोगीताका निर्णायकहरुलाई नेपाल किन ‘मिस वर्ल्ड’ बन्न सक्दैन भनेर जवाफ दिने बताएकी थिइन् । अनुष्काले नेपालबाट समर्थन कम पाएपनि आफूलाई एक बलियो प्रतिस्पर्धीको रुपमा विश्वसामु उभ्याएकी हुन् । नेपाललाई चिनाउनदेखि ‘पर्यटन बर्ष २०२०’को प्रवर्धन गर्न समेत उनले कुनै कसर बाँकी राखिनन् ।नेपालकी सुन्दरी अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड’मा ब्यूटी विथपर्पस’ विधामा अवार्ड जितेकी छिन् । योसँगै उनले यो बर्षको विश्व सुन्दरी प्रतियोगीतामा २ वटा विधामा अवार्ड जितेकी छिन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button