अन्यसमाचार

रू. ८ कराेड ४० लाखमा बन्याे जिल्ला अदालतको आफ्नै भवन -GoodNews24

Gobal IME Bank

गलकाेट । जिल्ला अदालत बागलुङको सुविधासम्पन्न भवन बागलुङ नगरपालिका–२ रुद्रेपिपलमा निर्माण सम्पन्न भएकोे छ । यसअघि जिल्ला अदालतले भाडाको घरबाट न्याय सम्पादन गर्दै आएको थियो ।
रु आठ करोड ४० लाखको लागतमा साढे दुई तलाको सुविधासम्पन्न भवन निर्माण गरिएको जिल्ला अदालतका लेखापाल खगराज पौडेलले जानकारी दिनुभयो । रु १० करोड ४० लाखको लागत अनुमान भए पनि लिफ्ट सेवा हटाउँदा लागत कम भएको उहाँले बताउनुभयो । सुविधासम्पन्न भवनबाट न्याय प्रदान गर्न निकै सहज भएको जिल्ला न्यायाधीश वासुदेव न्यौपानेले बताउनुभयो । “साँघुरो भवन, सेवा प्रदान गर्न निकै सकस थियो”, उहाँले भन्नुभयो, “भवन अभावकै कारण विषयगत फाँटसमेत राख्न सकिएको थिएन, नयाँ भवनमा सरेसँगै निकै सहज भएको छ ।”
विसं २०७२ फागुनदेखि निर्माण शुरु भएको भवन सम्झौताभन्दा केही ढिला सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । साढे दुईतले भवनमा लिफ्ट सेवा राखिएपछि विवाद उत्पन्न भएकाले निर्माणमा ढिलाइ भएको भवन निर्माणको जिम्मा पाएको समानान्तर बीएन जेबीका प्रोपाइटर नारायण जिसीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button