शिक्षा स्वास्थसमाचार

बालबालिकामा पनि हुन्छ क्यान्सर, कसरी थाहा पाउने ?

Gobal IME Bank

एजेनसी । अधिकांशमा अझैसम्म बालबालिका पनि क्यान्सर रोग देखा पर्छ र ? भन्ने भ्रामिक मनस्थिति रहेको देखिन्छ । नेपालको सन्दर्भमा कमैलाई मात्रै बालबालिकामा पनि क्यान्सर हुन्छ भन्ने ज्ञान भएको पाइन्छ । बालबालिकामा पनि क्यान्सर हुन्छ । यसको उपचार पनि सम्भव छ । बालबालिकामा देखा पर्ने क्यान्सर विभिन्न किसिमका हुन्छन् ।

त्यसमा पनि नेपालमा सबैभन्दा बढी बालबालिकामा देखिने क्यान्सर यस किसिमका छन् ।
ल्युकेमिया (ब्लड क्यान्सर)
रेटिनो ब्लास्टोमा (आँखाको क्यान्सर)
लिम्फोमा (ग्रन्थीमा हुने एक किसिमको क्यान्सर)
अन्य (किड्नी, स्नायुतन्तु, मांसपेशी तथा हड्डीमा हुने क्यान्सर)

विश्व र नेपालकै सन्दर्भमा ब्लड क्यान्सर पछि ‘ब्रेन ट्युमर’ बालबालिकामा देखिने दोस्रो नम्बरका क्यान्सरको रहेको पाइन्छ । वयस्कहरुमा मद्यपान तथा धुम्रपानले क्यान्सर गराउँछ भनेजस्तै बालवालिकामा भने यही कुराले गराउँछ भनेर अहिले सम्म तोक्न सकिएको छैन ।

बाल क्यान्सर के कारणले हुन्छ भन्ने ठोस आधारहरु एकदमै कम मात्रामा रहेका छन् । तर, पनि विभिन्न कारण केही समूहलाई भने बाल्यावस्थामा क्यान्सरको उच्च जोखिम अवस्थामा राखिएको छ । यसअन्तर्गत गर्भवती महिलाले गरेको सानो लापरवाही यसको मुख्य कारण बन्न पुगेको देखिन्छ । गर्भवती अवस्थामा महिलाले अत्याधिक मद्यपान सेवन, विकिरण तथा रसायनयुक्त क्षेत्रको पहुँच प्रदूषित वातावरण एवं किटनाशकको प्रयोग गर्भावस्थामा भ्रुणमा देखा परेको वशांणुगत असन्तुलन आदि ।

हालसम्मका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय केसहरु हेर्दा ८० देखि ९० प्रतिशत बाल क्यान्सरको सफल उपचार भएको पाइएको छ । यस अर्थमा भन्नुपर्दा कुनै पनि क्यान्सर बेलैमा पहिचान गरी उपचार गर्न सकेमा त्यो पूर्ण रुपमा निर्मुल पार्न सकिन्छ । अझ भन्ने हो भने वयस्कको तुलनामा अधिकांश बालबालिकामा क्यान्सरहरु निर्मुल भएको देखिन्छ । यसमा पनि बढी निको हुनेमा ब्लड क्यान्सर रहेको पाइएको छ ।

यसरी उपचार गरिएका कुनै पनि बालबालिकाले सामान्य जीवनयापन गर्न सक्छन् । बाल क्यान्सरका केही साझा लक्षणहरु लामो समयसम्म ज्वरो आइराख्नु, तौल कम हुँदै जानु, शरीरको विभिन्न भागमा गिर्खाहरु देखिनु शरीर तथा पेट सुन्निने वा फुल्दै जाने, शरीरका विभिन्न भागबाट रक्तस्राव हुनु, शरीरमा निलडामहरु देखा पर्नु जोर्नीहरु दुख्नु र आँखामा सेतो फूलोजस्तो समस्या देखा पर्नु ।

रोकथाम तथा बच्ने उपाय क्यान्सर के कारण देखा पर्छ भन्ने निश्चित कारण नभएकाले यसबाट बच्न यही उपाय नै अपनाउनु पर्छ भन्न पनि कठिन छ । तर, हामीले यसको विरुद्ध रोकथामका केही कदमहरु भने चाल्न सक्छौ । यसको निम्ति सर्वप्रथम कुनैपनि महिलाले आफ्नो गर्भावस्थाको समयमा विशेष ध्यान बालबालिकामा पनि हुन्छ क्यान्सर, कसरी थाहा पाउने । यसबाहेक माथि उल्लेख गरेकामध्ये कुनै पनि समस्या देखा परेमा आफ्ना बालवालिकालाई तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लगी यो कुनै क्यान्सर सम्बन्धि लक्षण हो कि होइन भनेर आवश्यक परामर्श लिनुपर्छ ।

यदि क्यान्सर सम्बन्धि लक्षण हुन सक्ने आशंका भएको खण्डमा सम्बन्धित क्यान्सर विशेषज्ञ कहाँ नै जानुपर्ने हुन्छ । यसका साथै कुनै पनि गर्भवती महिलाले भविष्यमा गएर आफ्ना सन्तानमा यस्तो समस्या देखा नपरोस् भन्नका लागि प्रारम्भिक कदमहरु चाल्नुपर्ने हुन्छ । आफ्नो स्वास्थ्य पूर्ण रुपमा परीक्षण गराएर मात्रै गर्भको निम्ति तयार रहने, गर्भवती समयमा नियमित स्वास्थ्य परीक्षण गराउने विकिरण एवं रसायनयुक्त क्षेत्रहरुबाट टाढा रहने, मद्यपान तथा मदिरा सेवनबाट टाढा रहने र, आफ्ना अघिल्लो पुस्ता वा सन्तानलाई क्यान्सर भएको छ भने आफू तथा शिशुमा क्यान्सरका लक्षण छ वा छैन भनी परीक्षण गराउने । यसबाहेक कुनै पनि बालबालिकालाई क्यान्सरबाट बचाउने पहिलो प्रयास भनेको उनीहरुमा देखा परेको परिवर्तनबारेआफु सतर्क हुनु हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button