शिक्षा स्वास्थसमाचार

नवजात शिशुको आवश्यकताहरू के हुन् ? नवजात शिशुको स्याहारमा ध्यान दिनु पर्ने कुराहरू

Gobal IME Bank

एजेन्सी । जब नवजात शिशुहरु संसारमा आउछन् आफुसँग धेरै सुल्झउन नसकिने प्रश्नहरु प्नि लिएर आउने गर्छन् । बच्चा भोकको कारण रोई रहेको वा पिडाको कारण यस्ता कुरा पत्ता लगाउन धेरै कठिन भइदिने गर्छ । नयाँ आमाबुवा बनेकाहरुलाई केही अन्दाज हुँदैन कि आफ्नो बच्चाको लागि के सहि हुन्छ र के गलत हुन्छ ।

तर बिस्तारै आमाबुवाले आफ्नो बच्चालाई बुझ्न थाल्छन् र जवाफ पनि आफै अगाडी आउन थाल्छ । नवजात शिशुहरुलाई के गर्दा राम्रो हुन्छ भनेर सल्लाह दिने गर्छन् भने यसको बारेमा धेरै किताबहरु पनि प्रकाशित भएको छन् । यी वेस्टर्न किताबमा लेखिएका कुराहरु समय सँगै बदलिएका छन् । समयसँगै रिसर्चहरु राम्रो हुदै जान्छन् डाक्टरको सल्लाह पनि बदलिदै जाने गर्छ । पछिल्लो सय वर्षमा वेस्टर्न मेडिसिनमा डक्टरको सल्लाह कसरी र किन बदलिएको छ पढ्नुहोस्

आमाबुवाको सबै भन्दा पहिलो प्रश्न हुन्छ बच्चा रुदाँ के गर्ने भनेर । सन् १९३० देखि १९५० सम्मको समयमा केही डक्टरहरु बच्चलाई रुन दिएको राम्रो भन्ने सल्लाह दिन्थे । रुदा बच्चाहरुको फोक्सो बलियो हुन्छ भन्ने विश्वास यी डक्टरहरुमा थियो । ६० दशकको डक्टरहरुमा मान्यता थियो कि नवजात शिशुमा आफ्नो वरिपरी के भई रहेको छ भन्ने कुराहरु केही बुझ्न सक्ने क्षमता हुँदैन । त्यस जमानामा डक्टरहरु शिशुहरुलाई पुरा दिन ताजा हावाको लागि बाहिर राख्न समेत सल्लाह दिने गर्थे । समय सँगै यो यस किसिमको सल्लाह बदलियो र मनोवैज्ञानिकहरुले नवजात शिशुलाई रुन दिनु र बाहिर राख्नु कुनै समझदारीको कुरा नभएको कुरा बताए र प्रमाणित पनि गरे ।

डक्टरले बच्चा जन्मिने बित्तिक्कै उल्टो पारेर रुवाउने गरिन्थ्यो यसो गर्दा बच्चा रुन्छ र रोएपछि बच्चाको फोक्सो सफा हुन्छन् भन्ने मान्यता रहेको थियो तर डक्टरहरुले अहिले यस्तो गर्न बन्द गरेका छन् । प्रशोधन गरिने फुड उद्योगका सुरुवात भए सँगै यसले शिशुहरुलाई सम्म छोडेन । विज्ञापन यसप्रकारले दिन थालियो कि स्वस्थ बच्चाको बोत्तलको दुध सबै भन्दा राम्रो भन्ने विश्वास मानिसहरुमा रहन गयो र महिलाहरुले ब्रेस्टफिडिङ कम गर्न थाले ।

यसमा डक्टरहरुले आपत्ति जनाउन थाले । बच्चाहरुलाई जन्मेको ६ महिना सम्म सिर्फ आमाको दुध खुवाउन डक्टरहरुले सल्लाह दिएका छन् । बच्चाहरुलाई छ महिना पछि मात्र सेर्लेक्स, हर्लिक्स जस्ता सप्लिमेन्ट दिन डाक्टरहरुको सल्लाह छ । आमाको दुध पर्याप्त नभएको खण्डमा मात्र अरु सप्लिमेन्ट शिशुहरुलाई खुवाउन सल्लाह दिइएको छ । आमाको दुधबाट बच्चाहरुले धेरै पौष्टिक तत्व प्राप्त गर्छन् ।

बच्चाहरु आफै बस्न सक्ने नभए सम्म उनीहरुलाई आफै नबसाउने र आफै पल्टिन सक्ने नभए सम्म उनीहरुलाई उत्तानो पारेर सुत्न दिन डक्टरले सल्लाह दिएका छन् । बच्चा सुतिरहेको समयमा उसको वरिपरी धेरै सामानहरु प्नि राख्नु जोखिमपुर्ण हुन्छ त्यसैले एउटा मात्र सिरानी बच्चालाई आमा सँगै छ भन्ने महसुस गराउन राख्ने ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button