Tuesday , 21 September 2021

त्रिवि शिक्षण अस्पतालका कर्मचारीले अनिवार्य परिचयपत्र लगाउनुपर्ने – GoodNews24

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत नर्स, चिकित्सक लगायतका कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउनुपर्ने भएको छ ।

अस्पतालले आज एक विज्ञप्ती जारी गरी कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी गरेको सूचनालाई ध्यानमा राखी काममा आउने कर्मचारीलाई अनिवार्य रुपमा परिचयपत्र लगाउन निर्देशन दिएको हो । अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले ‘लकडाउन’ गरिसकेको अवस्थामा अस्पतालमा कार्यरत कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउनु उत्तम हुने बताउनुभयो ।

“लकडाउनको अवस्थामा जिल्ला प्रशासन कार्यालयबाट जारी गरेको परिचयपत्रमात्र लगाउनुपर्ने भएपनि प्रशासनसँग त्रिवि शिक्षण अस्पतालले समन्वय गरेकाले आफ्नो अस्पतालको परिचयपत्र अनिवार्य लगाउन म सबैमा अनुरोध गर्दछु”, उहाँले भन्नुभयो ।
सरकारले कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी आजदेखि आगामी चैत १८ गते साँझ ६ बजेसम्म देशभर ‘लकडाउन’ गर्ने निर्णय गरेको छ ।

GudNews24 निरन्तर सकारात्मक सन्देश…
यो पनि पढ्नुहोस् …

[irp posts=”5554″] [irp posts=”3194″] [irp posts=”5477″]

[irp posts=”3399″]

[irp posts=”5398″] [irp posts=”5305″]

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

आजदेखि खोप प्रदेशमा पठाइँदै-Goodnews24

काठमाडौँ, १० माघ – कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । …

Powered by Youth Circle