अन्यशिक्षा स्वास्थसमाचार

काठमाडाैंमा एक युवतीलाई कोरोना पोजिटिभ : मन्त्री ढकाल

Gobal IME Bank

काठमाडौं, १० चैत । काठमाडौंमा एक महिलामा कोरोनाको संक्रमण भएको भेटिएको छ । फ्रान्सबाट कतार हुँदै काठमाडाैं आएकी महिलामा कोरोना भाइरस देखिएको हो । सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिनुभयो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा उनमा कोभिड–१९ पोजेटिभ देखिएको हाे ।  उनलाई अहिले अस्पतालको आइसोलेशनमा राखेर उपचार भइरहेकाे बताइएकाे छ। उनकाे बारेमा विस्तृत जानकारी भने केहि पनि खुलाएकाे छैन ।

नेपालमा कोरोना भाइरसको पुष्टि भएको यो दोस्रो घटना हो । महिना दिनअघि चीनको वुहानबाट फर्किएका एक नेपालीलाई पनि कोरोना देखिएको थियो। अहिले उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।  सरकारले भारत र चीनतर्फका सबै सीमा नाकामा यात्रु आवागमन एक हप्ताका बन्द गरिएकाे छ । अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरेको छ । आजैबाट लामो दुरीका सार्वजनिक यातायातमा पनि रोक लगाइएको छ ।

GudNews24 निरन्तर सकारात्मक सन्देश…
यो पनि पढ्नुहोस् …

[irp posts=”5554″] [irp posts=”3194″] [irp posts=”5477″]

[irp posts=”3399″]

[irp posts=”5398″] [irp posts=”5305″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button