शिक्षा स्वास्थसमाचार

कोरोना भाइरस के हो र यसबाट कसरी जोगिने ? पढ्नुहोस् – GoodNews24

Gobal IME Bank

विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोना भाइरस त्यस्तो भाइरस हो जुन सामान्य रुघा खोकीबाट गम्भीर रोग मिडल इस्ट श्वासप्रश्वास सिन्ड्रोम र गम्भिर श्वासप्रश्वास सिन्ड्रोम जस्ता रोगहरू निम्त्याउँछ। यो भाइरस जनावरबाट मानिसहरूमा प्रसारित हुन्छन्। कोरोना भाइरस चीनमा तिव्र गतिमा फैलिरहेको छ । चीनको मध्य शहर हुवानमा नयाँ कोरोना भाइरसबाट कम्तिमा २५ व्यक्तिको मृत्यु भईसकेको छ भने लगभग ८३० जना यस भाइरसबाट संक्रमित भएको रिपोर्ट गरिएको छ। सुरुवातमा कोरोना भाइरस सिभेट जातको बिरालोबाट मानिसमा संक्रमण भएको विश्वास गरिन्छ ।

धेरै कोरोना भाइरस जनावरहरूमा फैलीरहेका छन् ।  कोरोना भाइरस सबै व्यक्तिमा सुरुवातको चरणमा नै पत्ता नलाग्न पनि सक्छ । यदि सुरुवाताकै चरणमा कोरोना भाइरसको संक्रमण पत्ता लाग्यो भने उपचार सम्भव छ नत्र भने कोरोना भाइरसले ज्यान लिने निश्चित भएको डाक्टरहरुले बताएका छन् । कोरोना भाइरसको बारेमा गरिएको पछिल्लो अनुसन्धानबाट मानिस देखि पनि मानिसमा सर्न सक्ने कुराको पुष्टि भैसकेको छ।

चीनबाट सुरु भएको ‘कोरोना भाइरस’ जापान, दक्षिण कोरिया, थाइल्याण्ड, हङ्कङ, ताइवान, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकमा फैलिएको छ । तर नेपालमा अहिलेसम्म यस्तो प्रकृतिको भाइरस नदेखिएको तर सतर्कता अपनाउन भने जरुरि रहेको सरकारले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार ‘कोरोना भाइरस’को संक्रमण भएमा श्वासप्रश्वासका लक्षणहरू जस्तै सासको कमी भएको महशुस हुने ,सास फेर्न कठिनाई ,रुघा लग्ने, ज्वरो आउने, कतिपयलाई निमोनिया हुने लगायतका लक्षणहरु देखापर्ने गर्दछ । त्यस्तै कोरोना भाइरस संक्रमणको अधिक गम्भीर अवस्थामा तीव्र श्वासप्रश्वास सिंड्रोम, किडनी फेल र मृत्युसमेत हुने गरेको छ ।

अनुसन्धानले कोरोना भाइरसको इन्क्युबेशन अवधि (शरीरमा भाइरस प्रवेश गरेपछि लक्षण देखिने अवधि )अज्ञात हुने बताएको छ, तर अन्य स्रोतहरूले भने यो १० देखि १४ दिन सम्मको हुन सक्ने कुरा उल्लेख गरेका छन् ।
नेपालीको वसोवास बढी भएका देशहरुमा पनि कोरोना भाइरसको संक्रमण देखि सकेको हुनाले त्यहाँ बस्ने नेपाली मार्फत नेपालमा पनि कोरोना भाइरस भित्रिन सक्ने उच्च जोखिम छ । चीनको हुवान प्रान्तमा बस्ने एक नेपाली बिद्यार्थीलाइ कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको थियो उनि उपचाररत छन तर उनलाई कोरोना भाइरस संक्रमण नै भएको हो भन्ने चाहिं प्रमाणित भएको छैन ।

 कोरोना भाइरसको संक्रमणबाट बच्न निम्न  सतर्कता अपनाउन सकिन्छ ।

– जीवित जनावरहरुको धेरै सम्पर्कमा नबस्ने ।

-खोक्दा हाच्छ्यु गर्दा टाढा बस्ने या रुमालले मुख छोप्ने ।

– व्यक्तिगत सरसफाइमा ध्यान दिने  ।

– रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने ।

– भिडभाडमा सावधानी अपनाउने ।

–  यदि लक्षण देखिएमा  अस्पतालमा सम्पर्क गर्ने ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2617″]

[irp posts=”2573″]

[irp posts=”3415″] [irp posts=”3558″]

[irp posts=”3605″]

[irp posts=”3790″]

[irp posts=”3875″]

[irp posts=”3930″]

 

 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button