मुख्य समाचारशिक्षा स्वास्थसमाचार

आँँखा वरिपरिको डार्क सर्कल कम गर्नको लागि यी खानेकुरा खानुहोस्

Gobal IME Bank

एजेन्सी । बढी काम गर्ने, तनाव लिने, पर्याप्त नसुत्नेलगायत कारणले आँखावरिपरि ‘डार्क सर्कल’ देखापर्ने गर्छन् । एलर्जिको कारण पनि आँखामा डार्क सर्कल आउने गर्छ । डार्क सर्कल कम गर्नको लागि यी भिटामिन पाइने खानेकुरा खानु फाइदाजनक हुन्छ ।

भिटामिन ए
भिटामिन ए युक्त खाना खाँदा छाला ‘रिपेयरिङ’ र ‘टाइटनिङ’ गर्नको लागि मद्दत मिल्छ। साथै, छालामा रक्तसञ्चार पनि तीव्र हुन्छ । त्यसैले डार्क सर्कल हुनेहरूले गाजर, फर्सी, पाकेको मेवा, आँप, हरियो सागपात आदि बढी खाने बानि बसाल्दा फाइदाजनक हुन्छ।

भिटामिन के
भिटामिन के ले रगतलाई गाढा र बाक्लो बनाउन मद्दत गर्छ र रक्तसञ्चारलाई पनि तीव्र बनाउँछ । अंगुर, ब्लुबेरी, बन्दाकोभी, ब्रोकाउली, केराउ आदिमा भिटामिन के प्रशस्त पाइने भएकाले डार्क सर्कल भएकाले यी खाना बढी खाने बानी बसाल्दा आँखाको डार्क सर्कल कम गर्न मद्दत मिल्छ ।

भिटामिन सी
भिटामिन सी ले दिमागमा सेराटोनिन नामक रसायन उत्सर्जन गराउँछ, जसले गर्दा हामी राम्रोसँग निदाउन सक्छौँ । सुन्तला, कागती, अमला, खर्बुजाजस्ता भिटामिन सीयुक्त खाना बढी खाने गर्दा डार्क सर्कल बिस्तारै कम हुँदै जान्छ ।

भिटामिन ई
भिटामिन ई मा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ, जसले छालामा जम्मा भएका विकारलाई शरीर बाहिर निकालेर छालालाई चम्किलो बनाउँछ । डार्क सर्कलको समस्या भएकाले पालुंगो, हाडे बदाम, बदाम, किवी, ओखर, सूर्यमुखीका बिजजस्ता भिटामिन ईयुक्त खानेकुरा बढी खाँदा फाइदाजनक हुन्छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button