Grace Computer Jawalakhel
अन्यसमाचार

१७ विषयमा निशुल्क तालिम ( मोबाइल, बाइक, ब्यूटिसीयन कफि र सिलाइ कटाइ ) – GoodNews24

काठमाडाैं । राष्ट्रिय लघु घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रले विभिन्न विधामा निशुल्क तालिम संचालन गर्ने भएको छ । सिलाइ कटाइ, फेसन  डिजाइन,  बेकरी, ब्यूटिसीयन, मोबाइल मर्मत, मोटरसाइकल मर्मत, प्लम्बिङ, हाउस वायरिङ, कफि बारिष्टा, डल बनाउने लगाएतको १७ विभिन्न विषयमा बेसिक तालिम हुने भएको छ । यस संस्थाले यस अघि पनि यस्तै धेरै निशुल्क तालिमहरु दिदै आएको थियो ।आ व २०७६ /७७ को तेस्रो चौमासिक अवधिको लागि संचालन गर्न लागिएको यस निशुल्क तालिममा सहभागिता जनाउन इच्छुक नेपाली नागरिकहरुले निशुल्क आवेदन फारम भरी रु १० को हुलाक टिकट सहित यो सुचना प्रकाशित भएको १५ दिन भित्र तोकिएको स्थानमा पेश गर्न सक्नेछन । आवेदन फारम भर्दा नेपाली नागरिकताको प्रमाण पत्र शैक्षिक योग्यताको प्रमाण पत्र १/१ प्रति फोटो र एडभान्स तालिमको लागि सम्बन्धित बिषयको बेसिक तालिम प्राप्त गरेको प्रमाण पत्रको प्रतिलिपि समेत संलग्न गर्नु पर्नेछ ।

हरेक तालिम लिनको लागि परिक्षा स्वरुप अन्तर्वार्ता दिनु पर्ने र तोकिएको मापदण्ड पुरा गरेको हुनु पर्नेछ । तालिममा सहभागी छनौट गर्दा महिला ,मधेसी, अपाङ्ग ,जनजाति ,सहिदका परिवार ,पिछडिएक वर्ग एवं एड्भान्स तालिमको हकमा बेसिक तालिम प्राप्तहरु पहिलो प्राथमिकतामा रहने सुचनामा उल्लेख गरिएको छ । २०७६/११/२९ गते सम्म भित्र तालिम लिन इच्छुक व्यक्तिले आवेदन फारम बुझाउन सक्ने छन् ।

अन्य जानकारीकोलागि 01 4251538,  014261762
राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र त्रिपुरेश्वर काठमाडाैं

यो पनि पढ्नुहोस् ..

[irp posts=”4699″] [irp posts=”2714″]

[irp posts=”3415″] [irp posts=”3399″] [irp posts=”2735″] [irp posts=”4224″] [irp posts=”4991″] [irp posts=”5035″]

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button