मुख्य समाचारसमाचार

‘सरकारले इजरायलमा सम्पर्कविहीन १ नेपालीको खोजी भइरहेको छ’: परराष्ट्र मन्त्रालय

Israel

Gobal IME Bank

काठमाडौँ। सरकारले इजरायलमा सम्पर्कविहीन १ जना विद्यार्थीको खोजी गरिरहेको रहेको जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयले सोमबार साँझ विज्ञप्ति निकालेर ईजरायल सरकारका सम्बन्धित निकायसँगको समन्वयमा उनको खोजी कार्य गरिरहेको रहेको बताएको हो ।

जोखिमपुर्ण स्थानमा रहेकामध्ये दुईवटा समूहका विद्यार्थीहरुलाई ईजरायलस्थित नेपाली राजदूतावासको पहलमा तेल अविबमा सारिएको र अन्य विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार नेपाली राजदूतावासले नेपाल फर्कन चाहने नेपालीहरुको विवरण अनलाइन रजिष्ट्रेशन प्रणालीमार्फत संकलन गरिरहेको छ।

असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी मृत्यु भएका १० जना नेपालीको शव नेपाल ल्याउन पहल भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ

इजरायलमा रहेका नेपालीहरूको उद्धार तथा स्वदेश फर्काउन सहयोग गर्नका लागि हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा तीन महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली राजदूतावासलाई स्वीकृति दिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button