मनोरञ्जन

मण्डला थिएटरमा ‘ झोला हराएको मान्छे ‘

Gobal IME Bank

२४ मंसिर, काठमाडाैं ।  विद्यमान देशको परिस्थिति अनुसार धेरै भन्दा धेरै युवाहरु विदेशिन बाध्य छन् । आफ्नो देशमा न पढेर नै भने जस्तो जागिर पाइन्छ न आर्थिक अवस्था कमजोर हुदा कुनै व्यवसाय गरेर बस्ने अवस्था नै छ यसो हुदा सयौ युवाले आफ्नो रगत पसिना विदेशमै बगाउनु परेको हाम्रो देशको तितो याथार्थलाइ झल्काउने नयाँ नाटक ‘झोला हराएको मान्छे’ काठमाण्डाैको अनामनगरमा रहेको मण्डला थिएटरमा मंसिर २४ गतेदेखि पुस १७ गतेसम्म मञ्चन हुन गइरहेको छ । jhola-harayako-manchhe

स्लिम जीवनले लेख्नुभएको यस नाटकलाइ दीपेन्द्र शाहीले निर्देशन गरेका छन् । सो नाटकलाई क्याप मोशन पिक्चर्स र एम्प्टी स्ट‍म्याक क्रियशनले संयुक्त रुपमा प्रस्तुत गर्न लागेका हुन। मण्डलामा यसअघि अनुप बरालको ‘महाभोज’, सुनिल पोखरेलको मुख्य अभिनय रहेको ‘मिमांश’ प्रदर्शन भएको थियो । ‘झोला हराएको मान्छे’ नामक नाटकमा समावेश गरिएको कथा २०७० साल ताकाको हो, देशमा राजनीतिक अस्थिरता कायम थिय‍ो, सिनेमा हलहरुमा नेपाली कथानक चलचित्र छडके चलेको थियो । त्यहिबेला नेपालको पुर्वी पहाडी जिल्ला भोजपुरबाट विदेश जान भनेर रुद्र प्रसाद पोख्रेल काठमाडौं आउँछ अकस्मात उसले झोला हराउँछ। त्यही हराएको झोला खोज्दै गर्दा मुख्य पात्र रुद्रले भोगेका समस्या नाटक घुमेको छ ।  कथाले झोलामा सपना बोकेर आफ्नो घर, गाउँ, देश छोडेर विदेशीन बाध्य युवाहरुको बाध्यतालाई उजागर गर्ने प्रयास गर्छ ।

सो नाटकमा सुनिसा बजगाईं, चन्द्र नेपाली, बिकाश लामा, सन्जित प्रताप मल्ल, नविन चन्द्र अर्याल, गणेश पौँडेल (ताण्डव), जयराम ढकाल, स्लिम जीवन, विशाल श्री, आनन्द महत, मोहन राई, सबिना थापा, अरुण सिंह पौँडेल, सन्जिप योगी, मणि पौँडेल लगायतका कलाकारको जिवन्त अभिनय देख्न सकिनेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button