मुख्य समाचारसमाचार

मेयर बालेनद्वारा निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट दायर, समयमै खर्च विवरण पेश गरेको दाबी

Gobal IME Bank
file photo

काठमाडौं । निर्वाचन आयोग विरुद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।

निर्वाचन खर्च विवरण समयमा नै नबुझाएको भन्दै आयोगले बालेनसहित स्थानीय तहको निर्वाचनका धेरै उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो । निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नु पर्नेमा मेयर बालेनले ३० औं दिनमा सार्वजनिक विदा परेकाले त्यसको भोलिपल्ट पेश गरेको दाबी गर्नुभएको छ ।

मेयर बालेनले समयमा खर्च विवरण बुझाउँदा बुझाउँदै ७ लाख ५० हजार जरिवाना तिर्न लगाउने, स्थानीय चुनावमा भाग लिने देशभरका १ लाख २३ हजार उम्मेदवारलाई एकमुस्ट जरिवाना गर्ने र ६ महिनाभित्र नबुझाए ६ वर्षसम्म कुनै निर्वाचनमा भाग लिन नपाउने र निर्वाचित भए पदमुक्त हुने भनी गरेको निर्णय बदरको माग गरेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button