मुख्य समाचारसमाचार
राष्ट्रिय सभाको बैठक बस्दै, एक बुँदे सम्भावित कार्यसूची सार्वजनिक
काठमाडौं । भोली राष्ट्रिय सभाको बैठक बस्दै छ । भोली (शुक्रबार) दिउँसो एक बजेर एक मिनेटमा बैठक बस्ने भएको हो ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले भोलीको सम्भावित कार्यसूची सार्वजनिक गर्नुभएको छ ।
सम्भावित कार्यसूचीका अनुसार भोली संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक माननीय खिमलाल देवकोटाले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदन सभा समक्ष पेस गर्नेछ ।