अन्यसमाचारसूचना प्रविधि

अब १ हजार ६ सय ३५ रुपैयाँमा ल्याण्डलाइन फोन

Gobal IME Bank

काठमाडौं। नेपाल टेलिकमले ल्याण्ड लाइन र पोष्टपेड सेवामा भारी छुट लागू गरेको छ। आर्थिक विधेयक, २०७६ को दफा १४(१) मा व्यवस्था भए बमोजिम टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्क वापत रु. ५ सय मात्र लिने व्यवस्था भए अनुरुप नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको ल्याण्डलाइन टेलिफोन तथा पोष्टपेड मोबाइल पहिलेभन्दा कम दरमा उपलब्ध हुने भएको छ ।

जस अनुसार अब १ हजार ६ सय ३५ रुपैयाँमा ल्याण्डलाइन टेलिफोन र ९ सय ४५ रुपैयाँमा पोष्टपेड मोबाइल लिन सकिनेछ । यसअघि ल्याण्डलाइन टेलिफोनका लागि २ हजार २ सय र पोष्टपेड मोबाइलका लागि १ हजार ५ सय १० रुपैयाँ बुझाउनु पर्दथ्यो ।

साथै उक्त विधेयकको कार्यान्वयनसँगै ल्याण्डलाइन टेलिफोनको नामसारी गर्दा लाग्ने शुल्कमा समेत ५ सय ६५ रुपैयाँ कम भएको छ । यसअघि टेलिफोन नामसारी गर्दा १२ सय ४३ रुपैयाँ शुल्क बुझाउनु पर्दथ्यो भने अब जम्मा ६ सय ७८ रुपैयाँ मात्र भुक्तानी गर्नु पर्दछ । यो परिमार्जित शुल्क १ श्रावण २०७६ देखि नै लागू भएको छ ।

 

nepallll

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button