अन्यसमाचार

‘कोरोनाबाट आत्तिहाल्नुपर्ने स्थिति छैन’ -GoodNews24

Gobal IME Bank

विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले नोबेल कोरोना भाइरस (कोभिड–१९)बाट आत्तिहाल्नुपर्ने स्थिति नरहेको बताउनुभएको छ । प्रदेशसभाको आज बसेको बैठकको शून्य समयमा उहाँले भाइरसको सङ्क्रमण द्रुतगतिमा हुने भएकाले सबैले सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री घिमिरेले साबुन पानीले हात मिचिमिची धुन सुझाव दिँदै अब कसैसँग हात नमिलाउन र नमस्कार गर्न भन्दै भीडभाड, सार्वजनिकस्थल तथा विदेशबाट फर्केका मानिसबाट सावधान हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश नं १ मा कसैलाई पनि यो भाइरस नभेटिए भए पनि यसबाट बच्न यथोचित प्रबन्ध मिलाएको र प्रदेश नं १ का चार नाका इलामको पशुपतिनगर, झापाको काँकडभिट्ट, भद्रपुर र विराटनगरको रानीमा हेल्थ डेस्क राखेको जानकारी दिनुभयो । उहाँले प्रदेशका छ वटा अस्पतालमा आइसोलेशन वार्ड बनाईएको जानकारी दिँदै नदीनालाको फोहर, अस्पतालको फोहरको उचित व्यवस्थापनमा विशेष ध्यान दिएको चर्चा गर्नुभयो ।

मन्त्री घिमिरेले ‘प्रदेश नं १ को जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव पनि बहुमतले पारित भएको छ ।

प्रदेशसभाको बैठकमा विशेष समयमा नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले कोरोना भाइरसका विषय लिएर विश्व त्राहीमाम भइरहेको बेलामा प्रदेशमा कस्तो तयारी भइरहेको छ प्रश्न गर्नुभयो । उहाँले सामाजिक विकास मन्त्रालयले प्रदेश नं १ को राजधानी सिङ्घीया नदीको मात्र फोहर सफा गरेर प्रदेशभरिका फोहर सफा नहुने भएकाले यसतर्फ पनि प्रदेश सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम प्रदेश नं १ बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथिको सैद्धान्तिक छलफलले आज पनि निरन्तरता पाएको छ । सो छलफलमा प्रदेशसभा सदस्य ज्योति सुब्बा र राजकुमार ओझाले बालबालिकामा हुनसक्ने अपराधलाई नियन्त्रण गर्न विधेयकमा यथोचित प्रबन्ध हुनुपर्ने, कुपोषण, यौनजन्य हिंसाबाट मुक्त राख्न विधेयकले बोल्नुपर्ने, बालबालिको आधारभूत शिक्षा, श्रम शोषणको विरुद्धमा व्यवस्था हुनुपर्ने भन्दै विधेयकलाई सुदृढ एवं समृद्ध बनाउन विषयगत समितिमा लैजानुपर्ने माग गर्नुभयो ।

प्रदेशसभाको बैठकमा शून्य समयमा बोल्दै सदस्य राधा थापाले प्रदेशसभामा बस्ने कुर्सी बसको जस्तो भएको र यसलाई व्यवस्थित गर्न प्रदेशसभाको ध्यानाकर्षण गराउँदै विकास निर्माणमा विनियोजित भएको रकम समयमै सम्बन्धित अड्डा पुग्नुपर्ने कुरामा जोड दिनुभयो । प्रदेशसभाको अर्को बैठक फागुन २३ गते दिउँसो १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button