मुख्य समाचारसमाचार
प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित

फागुन । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । विशेष कारण जनाउँदै आजको बैठक स्थगितसंगै अर्को बैठक चैत ५ गते मात्रै बस्ने भएको छ ।
आज दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक सो समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले सभाको बैठक चैत ५ गते आइतबार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसमा तपाईको मत कमेन्ट गर्नुहोस्