मुख्य समाचारसमाचार
पल शाहको मुद्दा उच्च अदालतमा सुनुवाइ-GoodNews24
काठमाडौं, जेठ, १२ । जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहिरहेका पल शाहको मुद्दाको बिहीबार उच्च अदालत सुनुवाइ हुँदैछ । उच्च अदालत पोखरामा उनको सुनुवाई हुन लागेको हो । नाबालिका समिक्षा अधिकारीलाई जबस्ती बलात्कार गरिएको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहको बिहीवारको हुन लागिरहेको सुनुवाईमा पललाई थुना मै राख्ने वा धरौटीमा रिहा गर्ने बारे निर्णय हुन सक्ने बताइएको छ । स्रोतका अनुसार उनलाई धरौटीमा रिहा गर्न सक्ने सम्भावना प्रवल रहेको बताइएको छ ।