शिक्षा स्वास्थ

यसरी बच्न सकिन्छ रेबिजको संक्रमणबाट..

Gobal IME Bank

एजेन्सी । रेबिज सङ्क्रमित कुकुर तथा जनावरले मानिसलाई टोक्दा लाग्ने रेबिज रोगलाई खोप लगाएर रोकथाम गर्न सकिने कुरा चिकित्सकहरू बताउँछन्। रेबिज भाइरसले केन्द्रीय स्नायु प्रणालीमा सङ्क्रमण गर्छ। त्यसैले मानिसमा सङ्क्रमण भइसकेपछि रेबिजका बिरामीलाई बचाउन जोखिम हुने चिकित्सकहरु बताउँछन् ।

नेपालमा हरेक बर्ष करिब १०० जनाले रेबिजको कारण ज्यान गुमाउने गरेको सरकारी विवरण छ तर सबै रेबिजका घटना जानकारीमा नआएको पनि हुनसक्ने बताइएको छ।

रेबिज कसरी लाग्छ ?
रेबिज सङ्क्रमण भएको जनावरले मानिसलाई टोक्दा जनावरको र्‍यालबाट रोग सर्ने चिकित्सकहरू बताउँछन्। रेबिज भाइरस शरीरमा प्रवेश गरेपछि फैलिनका लागि केही दिनदेखि महिनौँसम्म पनि लाग्न सक्छ ।

रेबिज भाइरस शरीरमा प्रवेश गरेपछि त्यसको विकास भएर सङ्क्रमण हुने समय अरू रोगको तुलनामा अलि लामो हुन्छ । संक्रमण हुन नौ दिनदेखि ९० दिनसम्म लाग्छ यसलाई ‘इन्क्यूबेशन पीरीअड’ सङ्क्रमणकाल भनिन्छ । रेबिज भाइरस फैलिएर मस्तिष्कमा पुग्छ ।

कुकुरले टोक्दैमा तुरुन्तै रेबिज हुन्छ भन्ने हुँदैन, विश्वमा कुकुरको टोकाइको एक वर्षपछि रेबिज भएर मृत्यु भएका घटना पनि छन्। रेबिजका कारण लाखौँ कुकुर र अन्य जनावरको पनि मृत्यु हुने गर्छ ।

रेबिजको डरले कैयौँ जनावरहरूलाई मारिने गरेको विवरण पनि पाइन्छ। धेरैजसो विकसित देशहरूले घरपालुवा कुकुरमा रेबिज उन्मूलन नै गरिसकेका छन्। तर नेपाल जस्तो विकासोन्मुख देशहरूमा अझै पनि कुकुरमा रेबिज उन्मूलन नहुँदा त्यसबाट मानवमा सर्ने र मृत्यु हुने क्रम जारी रहेको छ ।

रेबिजबाट बच्न के गर्ने ?
रेबिजबाट बच्नका लागि कुकुर वा अन्य कुनै पनि घरपालुवा तथा जङ्गली जनावरले टोकेमा लगत्तै उक्त रोगविरुद्धको खोप लगाउनुपर्छ यसो गर्दा ‘इन्क्यूबेशन’ कालमै भाइरस नष्ट हुन्छ र रेबिज लाग्ने सम्भावना न्यून हुन्छ। कुकुरले टोकेमा सकेसम्म चाँडो सफा पानीले घाउ धुनु पर्छ ।

रेबिजबाट बच्नका लागि कुनै पनि जनावरले टोकेपछि एन्टिरेबिज भ्याक्सीन लगाउनु पर्छ । यो खोप सकेसम्म टोकेको दिन, तेस्रो दिन र सातौँ दिन भित्र लागाई सक्नु पर्छ ।

पशुमा वा मानिसमा एक पटक रेबिज सङ्क्रमण भइसकेपछि त्यसको उपचार सम्भव नभएको चिकित्सकहरु बताउँछन् ।

रेबिज भाइरस मस्तिष्कमा र तन्तुहरूमा फैलिन्छ। यो भाइरसको सङ्क्रमण भएपछि ज्वरो र अत्यधिक थुक आउने अनि घाँटी काँप्ने हुन्छ। त्यसबाहेक मानिसहरूको व्यहारमा पनि परिवर्तन आउँछ। त्यसपछि पानी देख्दा डर लाग्ने र पक्षाघात हु्न्छ। अन्ततः सङ्क्रमित मानिसको मृत्यु हुन्छ। अहिलेको आधुनिक समयमा पनि रेबिज लागेर मृत्यु हुनु मानव सभ्यताका लागि दुःखद कुरा हो।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button